३० भदौ २०८३, मंगलबार | September 15, 2026

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसद भवनमा बस्ने तय भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, उक्त विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्ने, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्ने तथा सो विधेयक पनि सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसअघि मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल भएको थियो । छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएका थिए ।

अर्थमन्त्री वाग्लेले गत वैशाख ३१ गते प्रतिनिधिसभा बैठकमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार  ७ : ४४ बजे

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

घरजग्गाको कारोबारमा बढोत्तरी : गत आवमा सात खर्ब २० अर्बको कारोबार

काठमाडौँ । गत आर्थिक वर्षमा रु सात खर्ब २० अर्ब

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी