२२ असार २०८३, सोमबार | July 6, 2026

सरकार जवाफदेही नभएसम्म विरोध जारी रहन्छ : हर्कराज राई



काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले सरकार संसद्प्रति जवाफदेही नभएको आरोप लगाउँदै आफ्नो पार्टीको विरोध कार्यक्रम निरन्तर जारी रहने बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरू अनुपस्थित रहने प्रवृत्तिप्रति आपत्ति जनाए । संसद् जनताको आवाज र प्रश्न उठाउने थलो भएकाले सरकार त्यसप्रति अनिवार्य रूपमा उत्तरदायी हुनुपर्ने उनको भनाइ थियो ।

सांसद राईले सदन सञ्चालन भएको सातौँ दिनसम्म पनि आफ्नो पार्टीले पर्चा र पम्प्लेटसहित निरन्तर विरोध गरिरहेको उल्लेख गर्दै सरकार जिम्मेवार नबन्दासम्म आन्दोलन नरोकिने चेतावनी दिए ।

उनले संसद्को नियमावली सरकारका हकमा प्रभावकारी रूपमा कार्यान्वयन नभएको टिप्पणी गर्दै प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्म संसद्बाटै उत्पन्न भएकाले सदनप्रति जवाफदेही हुनुपर्ने धारणा राखे ।

त्यसैगरी, प्रधानमन्त्री र मन्त्रीहरूलाई संसद्मा उपस्थित गराउन सभामुख डोलप्रसाद अर्यालले रुलिङ गर्नुपर्ने माग पनि उनले गरेका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार  ११ : ५० बजे

भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीलाई भने – ‘भाइरल होइन, संसद्प्रति उत्तरदायी बन्नुस्’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

संसद्मा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदहरूले उठाएका समसामयिक तथा

लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छ : उपत्यका प्रहरी प्रमुख राठौर

काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँबसपार्कमा ‘मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी

संविधान संशोधनका नाममा सङ्घीयतामाथि हस्तक्षेप नगर्न सांसद आर्यन राईको चेतावनी

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संविधान संशोधनका

रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु

बुटवल । रुपन्देही प्रहरीले सूचना प्रविधिमा आधारित ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’