५ श्रावण २०८३, मंगलबार | July 21, 2026

संसदमा खोजियो छिनछिनमा बत्ती काटिने समस्याको समाधान



काठमाडौं । बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा (एमाले)का प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राइले नेपालकै सबैभन्दा बढी गर्मीहुने स्थान बाँकेको नेपालगञ्जमा व्याप्त विद्युत समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राइले नेपालकै बढी गर्मी हुने स्थान मध्यको नेपालगन्जमा अनियमित विद्युत कटौती र ‘लो भोल्टेज’का कारण सर्वसाधारणको जनजीवन अत्यन्तै कष्टकर बनेको बताए । अत्यधिक गर्मीको समयमा विद्युत सेवा भरपर्दो नहुँदा नागरिकको दैनिक जीवनयापन र बसाइ कठिन भएको उल्लेख गर्दै उनले यस विषयमा सरकार गम्भीर हुन माग गरे ।

सभामुखमार्फत सरकारको विशेष ध्यानाकर्षण गराउँदै सांसद राइले संसदमा भने, ‘नेपालगञ्जमा अहिले विद्युतको अवस्था निकै दयनीय छ। लो भोल्टेज र छिनछिनमा बत्ती काटिने समस्याले आम नागरिक प्रताडित छन् ।’

उनले विशेष समयमा आफुलाई १ मिनेट मात्र समय दिएकोमा व्यङ्ग गर्दै सभामुखलाई धन्यवाद दिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  १ : ०३ बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले