१० भदौ २०८३, बुधबार | August 26, 2026

बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष श्रेष्ठ रास्वपामा



बुटवल । लामो समयदेखि कांग्रेस निकट रहेर व्यवसायीक संगठनमा सक्रिय रहँदै आएका लुम्बिनी प्रदेशका २ जना व्यवसायीहरु कांग्रेस पार्टी परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् ।

उद्योग वाणिज्य संघ बुटवलका पूर्व अध्यक्ष नवराज श्रेष्ठ  र उद्योग वाणिज्य संघ परासीका पूर्व अध्यक्ष बिरेन्द्रअग्रहरी कांग्रेस पार्टी परित्याग गर्दै रास्वपामा प्रवेश गरेका हुन् । दुबै जना उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य समेत हुन् ।

नवराज श्रेष्ठ

उनीहरुलाई रास्वपा सभापति रबि लामिछानेले पार्टी प्रवेश गराएका थिए । श्रेष्ठ बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सहित मोतीपुर औद्यागिक क्षेत्रका प्रस्तावक समेत हुन् । हाल उनी पुर्खाले नुन बोक्ने बाटोकारुपमा रहेको बुटवल, मस्याम, ढाक्रेबास हुँदै भैरमथान सडक निर्माणको अभियानमा लागेका छन् ।

आफुले रास्वपा निकट रहेर काम गर्ने गरि अगाडी बढेको श्रेष्ठले बताए । आफुले प्रस्ताव गरेको मोतिपुर औद्यागिक क्षेत्र तथा बुटवल भैरमथान कम दूरीको सडक अभियानमा आफ्नो सक्रियता निरन्तर रहने उनले बताए ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  १० : २४ बजे

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय

उत्तिसको गोलिया काठ बरामद

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न

हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

चितवन । यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत

टप एण्ड टी-२० सिरिज : नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’