२५ असार २०८३, बिहिबार | July 9, 2026

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा अभियोग दायर



काठमाडौं । राजावादी अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ ।

सरकारी वकिल कार्यालयले सोमबार उनीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ तथा राज्यविरुद्धको कसुर अन्तर्गत मुद्दा दायर गरेको हो ।

प्रहरीले उनलाई जेठ ४ गते पर्साको वीरगञ्जस्थित एक होटलबाट पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा विभिन्न युट्युब च्यानलमार्फत उनले दिएका अभिव्यक्तिलाई आधार बनाइएको प्रहरी स्रोतले जनाएको छ ।

अदालतमा उपस्थित गराइएपछि उनका समर्थकहरूले पर्सा जिल्ला अदालत परिसर बाहिर नाराबाजी गरेका थिए ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार प्रसाईंले युट्युब अन्तर्वार्तामा महिलामाथि अपमानजनक अभिव्यक्ति दिएको, साथै सेना र प्रहरीजस्ता राज्यका निकायप्रति होच्याउने तथा अश्लील टिप्पणी गरेको आरोप लगाइएको छ ।

 

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  ३ : २० बजे

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्ला, प्रदेशसभाबाट गाँजाखेतीसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट