३० भदौ २०८३, मंगलबार | September 15, 2026

रास्वपा सांसद खरेलको ‘तमासा’  अभिव्यक्ति हटाउन नेकपाको माग



काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले विपक्षी दलको विरोधलाई ‘तमासा’को संज्ञा दिएपछि संसद्मा विवाद उत्पन्न भएको छ ।

उक्त अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले नियमापत्ति जनाउँदै संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।

पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलका क्रममा रोष्ट्रममा पुगेका सांसद खरेलले विपक्षी सांसदहरूको नाराबाजी र विरोधलाई ‘तमासा’ भन्दै टिप्पणी गरेका थिए । उनले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने विषय उठाउँदै गरिएको विरोधलाई लक्षित गर्दै उक्त अभिव्यक्ति दिएका थिए ।

यसपछि नेकपाका सांसद रमेश मल्लले सभामुखमार्फत नियमापत्ति जनाउँदै ‘तमासा’ शब्द अपमानजनक र असंसदीय भएको दाबी गरे । उनले उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरे ।

सांसद मल्लले विगतका घटनाक्रम स्मरण गराउँदै रास्वपाकै सांसदहरूले यसअघि सभामुखको आसनअगाडि निलो स्कार्फ लगाएर विरोध प्रदर्शन गर्दै सदन बहिष्कार गरेको प्रसंग पनि उठाए । उनले भने, “अस्ति भरखरका घटनाक्रम हामीले बिर्सेका छैनौँ । सभामुखको वेल अगाडि निलो स्कार्फ लगाएर विरोध गरिरहेको र सदन छाडेर हिँडेको हामीले पनि देखेका थियौँ । त्यो पनि तमासा देखाएकै थियो ?”

 

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार  ५ : ०९ बजे

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी

अब एटीएममै पाइन्छ १०० का नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एटिएममा एक सय

रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ

बुटवल । रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ परेका

क्यासिनोमा जुवा खेल्दै गर्दा पक्राउ परेका गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक धरौटीमा छुटे

वीरगञ्ज । वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो)मा प्रहरीले गरेको