३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

मानव अधिकार संरक्षणका लागि आयोग सधैं चनाखो हुनुपर्छ : मुख्यमन्त्री आचार्य



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मानव अधिकार संरक्षणका लागि राष्ट्रिय मानव अधिकार आयोग जतिबेला पनि चनाखो र सक्रिय हुनुपर्ने बताएका छन ।

राष्ट्रिय मानव अधिकार आयोगको २६ औं वार्षिकोत्सवका अवसरमा बुधबार राप्ती उपत्यका९देउखुरी०मा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले राज्यलाई सही मार्गमा उभ्याउने जिम्मेवारी मानव अधिकार आयोगको रहेको बताएका हुन ।

उनले मानव अधिकार संरक्षणको सुनिश्चितताको वातावरण घरबाटै सुरु हुनुपर्नेमा जोड दिए ।

उनले समाज सुधार आवश्यक रहेको उल्लेख गर्दै राज्यलाई मानव अधिकारप्रति जिम्मेवार बनाउनुपर्ने बताए ।

भदौ २३ र २४ गते भएको घटनाका सम्बन्धमा आयोगले गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भन्दै सरकारले सार्वजनिक नगरे आयोग आफैंले सार्वजनिक गरेर राज्यमाथि न्याय गर्नुपर्ने धारणा राखे ।

मुख्यमन्त्री आचार्यले फरक राजनीतिक विचार राखेकै आधारमा व्यक्तिगत सम्पत्तिहरु खरानी बन्नु र सरकारी संरचनामा ठूलो क्षति पुग्नु दुःखद भएको बताए । सरकारले नसकेको अवस्थामा आयोगले प्रतिवेदन सार्वजनिक गर्ने आँट गर्न सक्नुपर्ने उनको भनाइ थियो ।

उनले वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी बस्तीमा डोजर चलाएर नागरिकको मानव अधिकार हनन गर्नु गम्भीर विषय भएको उल्लेख गरे । होल्डिङ सेन्टरको अवस्थाबारे पनि मानव अधिकार आयोगले अनुगमन गर्न आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा सभामुख तुलाराम घर्तीमगर ले दृष्टिकोण र सोचकै समस्या कारण मानव अधिकार हननका घटना भइरहेको बताए । उनले आत्मसमिक्षा आवश्यक रहेको उल्लेख गर्दै मानव अधिकार हनन रोक्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखे ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालयका प्रमुख सन्तोष आचार्यको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख सचिव कृष्णप्रसाद काप्री, राप्ती गाउँपालिका की उपाध्यक्ष कमलापती चौधरी, गैरसरकारी संस्था महासंघ लुम्बिनीका अध्यक्ष जीतकुमारी बेल्वासे ९सुशिला०, सेवाग्राही केशव पोख्रेललगायतले मन्तव्य राखेका थिए ।

आयोगले लुम्बिनी प्रदेशमा ५० वटा उजुरीमाथि अनुसन्धान सम्पन्न गरेको जनाएको छ । यस अवधिमा १७ वटा विषयमा अनुगमन तथा ७ वटा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगका राजनारायण कोहारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अधिकृत अजितकुमार ठाकुरले गरेका थिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  ११ : ०६ बजे

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली

वन कर्मचारीले भीरबाट टेम्पो खसालेपछि दिए स्पष्टीकरण – ‘हामीले खसालेका हैनौं’

कैलाली । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे

फिफा विश्वकप : अस्ट्रेलियाको शानदार जित, टर्किए २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–०

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको