३० असार २०८३, मंगलबार | July 15, 2026

बजेटको आकार अस्वाभाविक रूपमा बढाइयो : वर्षमान पुन



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट यथार्थपरक नभई अत्यधिक ठूलो र वितरणमुखी रहेको टिप्पणी गरेका छन्।

शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा बजेट प्रस्तुत गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पुनले बजेटको आकार वास्तविक आर्थिक क्षमताभन्दा बाहिर गएर निर्धारण गरिएको दाबी गरे।

उनका अनुसार राष्ट्रिय योजना आयोगले करिब २० खर्ब रुपैयाँको बजेट सीमा तय गरेको भए पनि सरकारले त्यसमा ठूलो रकम थपेर बजेटको आकार अनावश्यक रूपमा विस्तार गरेको छ। उनले विगतका बजेटहरू पनि अनुमानभन्दा कम कार्यान्वयन हुने गरेको उल्लेख गर्दै यस वर्ष पनि प्रस्तुत गरिएको बजेट ‘फुलेको बजेट’ जस्तै देखिएको बताए।

“बजेट मिश्रित प्रकृतिको छ। आकार अत्यधिक ठूलो बनाइएको छ र वास्तविकतासँग मेल खाँदैन,” पुनले भने, “अघिल्ला वर्षहरूमा पनि १८–१९ खर्ब रुपैयाँको बजेट ल्याइए तापनि वास्तविक खर्च १६–१७ खर्ब रुपैयाँको हाराहारीमा सीमित हुने गरेको थियो। अहिले पनि त्यही प्रवृत्ति दोहोरिएको देखिन्छ।”

सांसद पुनले सरकारले विभिन्न क्षेत्रका लागि कर छुट, अनुदान तथा सामाजिक सुरक्षा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको उल्लेख गर्दै यस्ता कार्यक्रम उद्देश्यका दृष्टिले सकारात्मक भए पनि मुलुकको वर्तमान आर्थिक अवस्थाले त्यसको भार थेग्न नसक्ने बताए।

उनले विगतमा वामपन्थी नेतृत्वका अर्थमन्त्रीहरूले वितरणमुखी बजेट ल्याएको भन्दै आलोचना खेप्ने गरेको स्मरण गराउँदै वर्तमान बजेटमा पनि त्यही प्रवृत्ति देखिएको टिप्पणी गरे। अर्थमन्त्री स्वर्णिम वाग्लेले अघिल्ला बजेटहरूलाई ‘कनिका छरेजस्तो’ भन्दै आलोचना गर्ने गरेका थिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ७ : ५६ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित