५ श्रावण २०८३, मंगलबार | July 21, 2026

सीमाविद् र विज्ञहरूबाट प्रधानमन्त्रीको अभिव्यक्ति प्रति खेद प्रकट



काठमाडौँ । सीमाविद् र विज्ञहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा दिएको एक अभिव्यक्तिलाई लिएर गम्भीर आपत्ति प्रकट गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै उनीहरुले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भनी प्रधानमन्त्रीले सदनमा व्यक्त गरेको धारणाप्रति गम्भीर आपत्ति प्रकट गरेका हुन् ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठ, प्राडा. पीताम्बर शर्मा, प्राडा. नरेन्द्र खनाल, डा. जगत भुसाल, अन्तर्राष्ट्रिय सीमाविद् प्रभाकर शर्मा र डा. द्वारिकानाथ ढुङ्गेलले प्रधानमन्त्रीको भनाइप्रति आश्चर्य व्यक्त गर्दै धानमन्त्रीको यस्तो अभिव्यक्तिले राष्ट्रियता र सीमाको संवेदनशील विषयमा अनावश्यक भ्रम सिर्जना गरेको विज्ञहरू निष्कर्ष निकालेका छन् ।

प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा आइतबार अकस्मात सहभागी भएका प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको दाबी गरेका थिए । प्रविज्ञहरूले प्रधानमन्त्रीको उक्त भनाइलाई आधारहीन र प्रमाणविहीन भनेका छन् ।

‘आजसम्म नेपालले भारतको सीमा मिचेको कुरा कुनै पनि आधिकारिक निकायबाट सुनिएको थिएन । नेपाल–भारत संयुक्त सीमा आयोगले ९८ प्रतिशत काम सम्पन्न गरिसक्दा पनि कतैबाट नेपालले अतिक्रमण गरेको निष्कर्ष निस्किएको छैन ।’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञहरूले महाकाली नदीको मुहान र सुस्ता क्षेत्रको विवाद समाधान हुन बाँकी रहेको तथ्यलाई स्मरण गराउँदै राष्ट्रको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयमा कार्यकारी प्रमुखबाटै तथ्यहीन अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

नेपालले आफ्नो अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरिसकेको स्मरण गराउँदै विज्ञहरूले प्रधानमन्त्रीसँग प्रश्न गरेका छन्, ‘यो अभिव्यक्ति दिनुको आधार वा प्रमाण के हो ?’

प्रधानमन्त्रीको अभिव्यक्तिका कारण आम नागरिकमा भ्रम सिर्जना भएको भन्दै सीमाबिद र विज्ञहरूले तीन बुँदे माग अघि सारेका छन् । उनीहरुले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे तत्काल सार्वजनिक रूपमा स्पष्टीकरण दिनुपर्ने, भ्रम सिर्जना गर्ने खालको सो अभिव्यक्तिप्रति प्रधानमन्त्रीले क्षमायाचना गर्नुपर्ने तथा प्रतिनिधि सभामा दिइएको उक्त गलत अभिव्यक्तिलाई संसदीय रेकर्डबाट हटाउन सभामुख समक्ष माग गरेका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  ९ : ४० बजे

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत