२० भदौ २०८३, शनिबार | September 5, 2026

श्रीमानको हत्या आरोपमा श्रीमतीसहित तीन पक्राउ



बागलुङ । बागलुङको जैमिनीमा मजदुरको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई प्रक्राउ गरेको छ । सोमबार जिल्लाको जैमिनी नगरपालिका–१० राङखानी हाडीकोटमा मजदुरी गर्दै आएका लमजुङको क्व्होलासोथार गाउँपालिका–६ का ६२ वर्षीय देउबहादुर सार्कीको हत्या गरेको आरोपमा प्रहरीले मृतककी श्रीमतीसहित तीन जनालाई प्रक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार सार्कीकी श्रीमती २६ वर्षीया लक्ष्मी नेपाली, पोखरा महानगरपालिका–२६ जलधारेका ३८ वर्षीय रामआकाश विश्वकर्मा र मादी गाउँपालिका–३ याङ्गजाकोटका ५६ वर्षीय आसपुरे कामीलाई पक्राउ गरिएको छ ।

मृतक सार्कीसहित चारै जना हाडीकोटमा मजदुरी गर्दै आएका थिए । सोमबार बिहान छोरेडाँडाखानी गाउँमा मदिरा सेवन गरेर बासस्थान स्थलतर्फ जाँदै गर्दा सामान्य विवाद हुँदा सार्कीलाई तीन जनाले ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक प्रसाईंले बताए । पक्राउ परेकाहरुलाई जिल्ला अदालत बागलुङबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रहरी उपरीक्षक प्रसाईंले भने, “जैमिनीको हाडीकोटमा उनीहरू सबै मजदुरी गर्न आएका रहेछन्, मदिरा सेवन गरी सामान्य झैझगडा हुँदा हत्यासम्मको स्थितिमा पुगेछ, हामीलाई जङ्गलमा मजुदरको शव फेला परेको खबर पाउँदा साथ प्रहरी टोली त्यहाँ पुगेको थियो । राति नै हत्यामा संलग्न भएका तीन जनालाई गाउँबाटै नियन्त्रणमा लिएका हौँ ।”

मृतक सार्की र उनकी पत्नी नेपालीबीच ३६ वर्षको उमेर अन्तर देखिन्छ । बेला बेलामा श्रीमान्–श्रीमतीबीच सामान्य झगडा पहिलेदेखि नै हुँदै आएको अनुसन्धानमा खुलेको प्रसाईंले बताए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ । मृतक सार्कीको जेठी श्रीमतीतर्फ दुई छोरी, माइलीतर्फ एक छोरा र हालकी श्रीमतीबाट चार वर्षको छोरा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलबार  ८ : ५८ बजे

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी