२९ भदौ २०८३, सोमबार | September 15, 2026

सुधन गुरुङबारे छानबिन समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन



काठमाडौं । तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री वालेन्द्र शाहलाई बुझाएको छ । जेठ १८ गते नै कार्यकाल सकिएको समितिले पाँच दिनको थप समय लिएर शुक्रबार प्रतिवेदन बुझाएको हो ।

स्रोतका अनुसार समितिले गुरुङलाई क्लिन चिट दिने निष्कर्षसहित प्रतिवेदन पेश गरेको छ । अकुत सम्पत्ति आर्जन गरेको, सम्पत्तिको स्रोत नखुलाएको तथा विवादित व्यवसायी दीपक भट्टसँग साझेदारीमा लगानी गरेको विषय सार्वजनिक भएपछि गुरुङले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।

उनीमाथि छानबिन गर्न सरकारले वैशाख २८ गते उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य थिए ।

उक्त समितिले अध्ययन तथा अनुसन्धानपछि शुक्रबार प्रधानमन्त्री शाहसमक्ष प्रतिवेदन बुझाएको हो । गुरुङको राजीनामापछि रिक्त रहेको गृह मन्त्रालय हाल प्रधानमन्त्री वालेन्द्र शाह आफैंले सम्हालिरहेका छन् । स्रोतका अनुसार छानबिन प्रतिवेदनको निष्कर्षका आधारमा प्रधानमन्त्री शाहले गुरुङलाई पुनः गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  २ : ५८ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ