२२ जेष्ठ २०८३, शुक्रबार | June 5, 2026

शनिबारदेखि नेपालगन्जमा सूचना प्रविधि सम्बन्धि राष्ट्रिय सम्मेलन हुँदै



नेपालगन्ज । नेपालगन्जमा सूचना प्रविधिको राष्ट्रिय सम्मेलन हुने भएको छ । लुम्बिनी प्राविधिक विश्वविद्यालयको आयोजनामा नेपालगन्जमा ‘रूपान्तरणका लागि प्रविधि’ राष्ट्रिय सम्मेलन हुने भएको हो ।

लुम्बिनी प्राविधिक विश्वविद्यालय, इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तर्गतको अनुसन्धान, नवप्रवर्तन तथा विकास एकाईको आयोजनामा शनिवार र आइतबार दुई दिन राष्ट्रिय सम्मेलन हुन लागेको पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ । राष्ट्रिय सम्मेलनको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ‘रूपान्तरणका लागि प्रविधिः लुम्बिनी प्रदेशको विकासका लागि इन्जिनियरिङ तथा सूचना प्रविधि (आइटी) समाधान–२०२६’ नारासहित सम्मेलन आयोजना गर्न लागिएको विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डिन डा. निरज केसीले जानकारी दिए ।

डा. केसीले प्राविधिक ज्ञानको प्रभावकारी कार्यान्वयनमार्फत समाजमा देखिएका समस्याको समाधान खोज्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले सम्मेलनमा विभिन्न बिधागत नौ वटा सत्र सञ्चालन हुने जानकारी दिए । उनले कृषि बीमा, कृषिमा प्रबिधि, एआईले समाजमा पार्दै गएको प्रभावको विश्लेषण लगायतका विषयमा छलफल हुने बताए । प्रबिधिको प्रयोग गरेर प्रदेशको समृद्धिको सम्भावनाबारे सम्मेलनमा छलफल हुने पनि उनले जनाए ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोद प्रसाद ढकालले सम्मेलनमा नवयुवा अनुसन्धानकर्ताहरूको अनुसन्धान प्रस्तुत गरिने तथा प्रविधिलाई लुम्बिनी प्रदेशको विकाससँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा प्यानल छलफल समेत आयोजना गरिने जानकारी दिए । विभिन्न क्षेत्रका विज्ञहरूलाई वक्ताका रूपमा आमन्त्रण गरिएको उनले जानकारी दिए । उनले नेपालगञ्जलाई प्रविधिको केन्द्र (टेक्नोलोजी हब) का रूपमा विकास गर्न सम्मेलनले सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरे ।

विश्वविद्यालयका कुलसचिव सह-प्राध्यापक रेग बहादुर भण्डारीले समुदाय र प्राविधिक विश्वविद्यालयबीचको सम्बन्ध सुदृढ बनाउन सम्मेलन उपयोगी हुने बताए ।

सम्मेलन संयोजक चतुर्भुज भट्टले वक्ता, विषयविज्ञ, अनुसन्धानकर्ता तथा विद्यार्थी गरी करिब २५० जनाको सहभागिता रहने बताए ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले सम्मेलनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  ९ : ३७ बजे

छानबिन गर्न गठित समितिको टोली मुस्ताङमा

मुस्ताङ । सशस्त्र प्रहरीले कोरलानाकाबाट भित्रिएका विद्युतीय सवारी साधन नियन्त्रणमा

नेपालमा मनसुन आउन एक साता लाग्ने

काठमाडौँ । नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको

बुटवलमा मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूध फेला

बुटवल । चितवनबाट बुटवल कृषि उपज थोक बजार केन्द्रमा गत

शनिबारदेखि नेपालगन्जमा सूचना प्रविधि सम्बन्धि राष्ट्रिय सम्मेलन हुँदै

नेपालगन्ज । नेपालगन्जमा सूचना प्रविधिको राष्ट्रिय सम्मेलन हुने भएको छ

एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे

काठमाडौँ । नेपाल उद्योग परिसङ्घ (सिएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले एक