३० श्रावण २०८३, शनिबार | August 15, 2026

हुलाकी राजमार्गको बाँके खण्डले पूर्णता पाउँदै, दाङ खण्डमा विस्तार हुँदै



नेपालगन्ज । बाँकेमा हुलाकी सडक विस्तार गर्न थालिएको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिका–३ स्थित नारायणपुरदेखि बाँके र दाङको सिमाना कुसुमपारी भवानीपुरसम्म सडक विस्तार गर्न लागिएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगन्जले जनाएको छ ।

कार्यालय प्रमुख लीलाबहादुर भण्डारीले राजमार्गको दाङ, बाँके र बर्दिया खण्डको ७५ किलोमिटर सडकमध्ये करिब ३६ किलोमिटर मार्गको ट्रयाक खोल्नुपर्ने र त्यसमा करिब २० वटा पुल निर्माण हुने बताउनुभयो । जसअन्तर्गत दाङतर्फ २२ किलोटिर सडक र १७ वटा पुलसहित रु २९ अर्ब स्रोत सुनिश्चत भएको उनले जानकारी दिए ।

कार्यालय प्रमुख भण्डारीले भने, “अधिकांश सडकका लागि टेण्डर हुने प्रक्रियामा छ । परियोजनामार्फत अबको तीन वर्षमा दाङ, बाँके र बर्दियामा काम सम्पन्न हुनेछ । यस सडकले महेन्द्र राजमार्गको वैकल्पिक मार्गको काम गर्नेछ । यसको मूल उद्देश्य नै जिल्ला सदरमुकाममा पूर्वदेखि पश्चिमसम्म जोड्ने हो, जसले पिछडिएका क्षेत्र र स्थानीय समुदायलाई विकासको मूल धारमा ल्याउन ठूलो मद्दत पुग्ने हाम्रो विश्वास छ ।”

सडक विस्तारका लागि करिब १५ किलोमिटर घना जङ्गल पर्ने जनाइएको छ । रुखको अवस्थाबारे जानकारी प्राप्त गरेको र त्यस क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङकन र विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) को काम सम्पन्न भइसकेको छ । सडकको चौडाइ १२ मिटर रहने र नौ मिटर अस्फाल्ट प्रविधिमा कालोपत्र गरिने छ । निर्देशनालयका अनुसार यही असार ३१ गतेसम्म सूचना प्रकाशनपछि असोज महिनाबाट सडकको काम सुरु हुनेछ ।

हुलाकी राजमार्ग यस क्षेत्रको विकासका लागि महत्त्वपूर्ण मेरुदण्ड र पूर्वपश्चिम राजमार्गको विकल्पका रूपमा रहने छ ।

राप्तीसोनारी गाउँपालिका–१ का अध्यक्ष यमबहादुर खड्काले हुलाकी सडक विस्तार हुने खबरले यस क्षेत्रका जनतामा खुसियाली छाएको बताए । उनले सडक बनेमा ग्रामीण क्षेत्रका कृषिउपजको बजारीकरण, शिक्षा, स्वास्थलगायत सेवामा पहुँच विस्तार हुने बताए ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  १० : ११ बजे

पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

महोत्तरी । मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन

काठमाडौंमा आज विभिन्न स्थानबाट ग्यास सिलिन्डर बिक्री गरिँदै

काठमाडौं । नेपाल आयल निगमको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज । बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।