९ भदौ २०८३, मंगलबार | August 25, 2026

रविले बोलाएको सर्वदलीय बैठकमा विपक्षी दलका गुनासै गुनासा

सरकार र सत्तारुढ नेतृत्वका अभिव्यक्तिप्रति गम्भीर असन्तुष्टि



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा विपक्षी दलहरूले सरकार र सत्तारुढ नेतृत्वका अभिव्यक्तिप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।

सिंहदरबारस्थित प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको हलमा बसेको बैठकमा समसामयिक राजनीतिक अवस्था, वैदेशिक सम्बन्ध तथा सरकारका आगामी प्राथमिकताबारे छलफल भएको छ ।

बैठकमा सहभागी दलका नेताहरूले विशेषगरी प्रधानमन्त्री बालेन शाहले संसदमा सीमा सम्बन्धमा दिएको अभिव्यक्ति तथा भारत भ्रमणका क्रममा रास्वपा सभापति लामिछानेले व्यक्त गरेको “हामी विगतको भारी बोक्दैनौँ” भन्ने भनाइप्रति असन्तुष्टि जनाएका छन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वैदेशिक सम्बन्धजस्ता संवेदनशील विषयमा सरकार र सत्तारुढ दलले परिपक्वता प्रदर्शन गर्नुपर्ने बताएका छन्।

“देश जित्नेको मात्रै होइन, हार्नेको पनि हो। सरकारका गलत कदमको असर सम्पूर्ण देशले व्यहोर्नुपर्छ,” उनले भने, “वैदेशिक सम्बन्धका विषयमा अपरिपक्व व्यवहार देखिनु हुँदैन। संवेदनशीलता र जिम्मेवारी आवश्यक छ।”

लिङ्देनले विपक्षी दल संसदमा संख्यात्मक रूपमा कमजोर भए पनि त्यसलाई आधार बनाएर संवैधानिक शक्ति पृथकीकरणको मर्मविपरीत काम गर्न नहुने धारणा राखे। उनले सरकारका केही गतिविधिले सकारात्मक संकेत नदिएको टिप्पणी समेत गरे।

भारत भ्रमणका क्रममा लामिछानेले दिएको “हामी विगतको भारी बोक्दैनौँ” भन्ने अभिव्यक्तिले विभिन्न अर्थ दिन सक्ने भन्दै राप्रपाले त्यसबारे विशेष ध्यानाकर्षण गराएको जनाएको छ। लिङ्देनले नेपालको संसदले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नेपालको भूभागका रूपमा संविधानको अनुसूचीमा समावेश गरेको स्मरण गराउँदै त्यस्ता विषयलाई ‘विगतको भारी’ का रूपमा व्याख्या गरिनु उचित नहुने बताए।

उनले रास्वपाले हालै सम्पन्न निर्वाचनमा अभूतपूर्व जनमत प्राप्त गरेको उल्लेख गर्दै भारत भ्रमणका क्रममा लामिछानेले पाएको अवसरलाई नेपालको हितमा उपयोग गर्न सुझाव दिएको जानकारी पनि दिए।

बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे, नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल, वर्षमान पुन, नेकपा (एमाले)का नेता ऐन महर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत विभिन्न राजनीतिक दलका नेताहरूको सहभागिता रहेको थियो।

रास्वपाले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा झण्डै दुई तिहाइ बहुमत प्राप्त गर्दै सरकारको नेतृत्व गरिरहेको अवस्थामा सर्वदलीय बैठक आयोजना गरेको यो पहिलो अवसर हो। बैठकको उद्देश्य भारत भ्रमणका क्रममा भएका छलफलका विषयमा जानकारी गराउनुका साथै सरकारलाई आवश्यक सुझाव संकलन गर्नु रहेको सभापति लामिछानेले सहभागी नेताहरूलाई बताएका थिए।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  ११ : ५८ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त