काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका प्रियपात्र सुधन गुरुङ पुनः गृहमन्त्री बन्न लागेका छन् । सम्पत्तिसम्बन्धी विवादका कारण गृहमन्त्री पदबाट राजीनामा दिएका गुरुङ पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्कन लागेका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले गुरुङलाई पुनः गृहमन्त्री नियुक्त गरिसकेका छन् । उनको आजै दिउँसो ३ बजे सपथ ग्रहण हुने कार्यक्रम तय भएको छ।
गुरुङमाथि उठेका सम्पत्ति सम्बन्धी प्रश्नहरूको छानबिन गर्न सरकारले गठन गरेको समितिले उनको सम्पत्ति वैधानिक रहेको निष्कर्ष निकालेपछि उनलाई पुनः गृह मन्त्रालयको जिम्मेवारी दिइएको हो।



















प्रतिक्रिया