१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

प्रतिनिधिसभामा विपक्षी दलको अवरोध जारी, प्रधानमन्त्रीको जवाफको माग



काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि विपक्षी दलहरूले अवरोध जारी राखेका छन्। बैठक सुरु हुनासाथ विपक्षी सांसदहरू आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए।

सभामुख डीपी अर्यालले बैठक प्रारम्भ गरेलगत्तै विपक्षी सांसदहरूले विरोध प्रदर्शन गरेपछि सभामुखले एमाले सांसद क्षितिज थेबेलाई बोल्ने समय दिएका थिए। त्यसक्रममा सांसद थेबेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसदमा दिएको अभिव्यक्तिबारे स्पष्ट जवाफ नदिएसम्म विपक्षी दलहरूले संसद अवरोधलाई निरन्तरता दिने चेतावनी दिए।

यस्तै, नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले संसद सञ्चालनका लागि सभामुखको भूमिका निष्पक्ष हुनुपर्ने बताएका छन्। उनले प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर विवादित अभिव्यक्तिका विषयमा माफी नमागेसम्म संसदको कारबाही अगाडि बढाउन नहुने धारणा राखे।

नेपाली कांग्रेका निष्कल राईले मेयर हुँदा ग्रेटर नेपालको नक्शा राखेका प्रधानमन्त्रीले राष्ट्रहित विपरित कसरी बोल्न सकेको भन्दै प्रश्न गरे ।

प्रधानमन्त्री बालेनले यसअघि प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा भूमिकासम्बन्धी विषयमा दिएको अभिव्यक्ति विवादमा परेको थियो। सो अभिव्यक्तिबारे प्रधानमन्त्रीले संसदमा आएर स्पष्टीकरण दिनुपर्ने र जवाफ नआएसम्म सदन सञ्चालन हुन नदिने अडान विपक्षी दलहरूले कायम राखेका छन्।

विपक्षीको निरन्तर अवरोधका कारण प्रतिनिधिसभाको बैठक प्रभावित बनेको छ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  १ : ३८ बजे

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत