१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

मन्त्रालय सम्हाल्दै पुनको घोषणा- ‘तीन वर्षमै देखिने परिणाम दिन्छु’



काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनले मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आफ्नो कार्यकालमा तीव्र गतिमा काम गरेर तीन वर्षभित्रै ठोस परिणाम दिने दाबी गरेका छन् ।

मंगलबार पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पुनले सरकारको कार्यकाल पाँच वर्ष भए पनि आफूले रातदिन खटिएर तीन वर्षभित्रै आफ्ना योजनाहरू कार्यान्वयन गर्ने लक्ष्य लिएको बताए ।

उनले विज्ञान, प्रविधि र नवप्रवर्धन क्षेत्रलाई देशको आर्थिक विकास तथा रोजगारी सिर्जनासँग जोड्दै परिणाममुखी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“सरकारको आयु पाँच वर्ष भए पनि म पाँच वर्ष कुर्ने पक्षमा छैन । तीन वर्षभित्रै योजनाहरू पूरा हुने गरी दिनरात काम गर्नेछु,” मन्त्री पुनले भने ।

नवनियुक्त मन्त्री पुनले अनुसन्धान, नवप्रवर्तन, प्रविधि विकास तथा युवाको उद्यमशीलतालाई प्राथमिकतामा राखेर मन्त्रालयको काम अघि बढाउने संकेत समेत गरेका छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  ७ : ०४ बजे

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत