२५ भदौ २०८३, बिहिबार | September 11, 2026

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन हर्क साम्पाङको माग



काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० ले प्रतिनिधिसभामा दिएको सीमासम्बन्धी अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरेका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै समय लिएर बोल्दै साम्पाङले प्रधानमन्त्रीले यसअघि सदनमा व्यक्त गरेको भनाइ राष्ट्रिय हित र संवेदनशील विषयसँग जोडिएको भन्दै त्यसलाई सच्याउनुपर्ने बताएका हुन्।

उनले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर आफ्नो अभिव्यक्तिबारे स्पष्ट पार्दै आवश्यक परे सच्याउनुपर्ने धारणा राखे। “प्रधानमन्त्रीबाट व्यक्त गरिएको उक्त भनाइ संसद्को रेकर्डबाट हटाइनुपर्छ र उहाँ स्वयंले सदनमा आएर आफ्नो कुरा सच्याउनुपर्छ,” साम्पाङले भने।

साम्पाङले संसद् सञ्चालनका क्रममा प्रतिनिधिसभा नियमावलीका प्रावधानहरू पर्याप्त रूपमा कार्यान्वयन नभएको पनि गुनासो गरे। उनले संसदीय अभ्यासलाई मर्यादित, व्यवस्थित र प्रभावकारी बनाउन नियमावलीको पूर्ण पालना गर्न सभामुख र सरकारको ध्यानाकर्षण गराए।

उनको भनाइमा राष्ट्रिय महत्वका विषयमा संसद्मा गरिने अभिव्यक्ति तथ्यपरक, जिम्मेवार र संवेदनशील हुनुपर्ने भएकाले विवादास्पद अभिव्यक्तिलाई सच्याउने परम्पराको विकास आवश्यक छ।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  १२ : २२ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ