बगदाद । इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकानिल अवस्थामा सतर्क रहन सुझाव दिएको छ ।
विज्ञप्ति जारी गर्दै दूतावासले वर्तमान क्षेत्रीय अवस्थाका कारण यात्रा अवरोध र हवाई क्षेत्र बन्द हुन सक्ने चेतावनी दिएको छ ।
दुतावासले अमेरिकी नागरिकहरूलाई वर्तमान अवस्थामा यात्रा नगर्न चेतावनी जारी गर्दै अमेरिकी विदेश विभागले जारी गरेको विभिन्न स्तरको यात्रा चेतावनीको पालना गर्न सल्लाह दिएको छ ।
कुनै पनि कारणले इराकको यात्रा नगर्न सुझाव दिदै दुतावासले इराकमा रहेका आफ्ना नागरिकहरूलाई छिटै बाहिरिन आग्रह गरेको छ ।
इरानको इस्लामिक रिभोलुसन गार्ड कप्र्सले बिहीबार इरानमा ताजा अमेरिकी आक्रमणको प्रतिक्रियामा महत्वपूर्ण लक्ष्यहरूमा प्रहार गरी नष्ट गरेको बताएको छ ।



















प्रतिक्रिया