३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

इन्जुरी समयमा खौखीको हेडर, स्विट्जरल्यान्डसँग बराबरी खेल्दै कतारले जित्यो ऐतिहासिक अंक



काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा कतारले इन्जुरी समयको अन्तिम क्षणमा गोल गर्दै स्विट्जरल्यान्डसँग १-१ को बराबरी खेलेको छ । यससँगै कतारले विश्वकपको अन्तिम चरणमा पहिलो पटक अंक बटुल्न सफल भएको छ ।

खेलभर दबाबमा रहेको कतारका लागि बुलेम खौखीले ९४ औँ मिनेटमा होमाम एल अमिनको क्रसलाई उत्कृष्ट हेडमार्फत गोलमा परिणत गर्दै टोलीलाई बराबरी दिलाए । अन्तिम समयमा आएको गोलसँगै प्रशिक्षक जुलेन लोपेटेगीको टोलीले महत्त्वपूर्ण एक अंक सुरक्षित गरेको हो ।

स्विट्जरल्यान्डले खेलको अधिकांश समय नियन्त्रणमा राखेको थियो । खेलको १७ औँ मिनेटमा प्राप्त पेनाल्टीलाई ब्रिल एम्बोलोले गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

कतारका गोलरक्षक महमुद अबुनादाले रेमो फ्रुलरलाई फाउल गरेपछि स्विट्जरल्यान्डले पेनाल्टी पाएको थियो । यद्यपि, टेलिभिजन पुनर्प्रसारणमा फ्रुलर आक्रमणको सुरुआती क्रममा सामान्य अफसाइड अवस्थामा देखिएका थिए ।

एम्बोलोको गोलपछि स्विट्जरल्यान्ड सहज जिततर्फ उन्मुख देखिए पनि अवसरहरूको सदुपयोग गर्न नसक्दा टोलीले महत्त्वपूर्ण दुई अंक गुमायो। डान न्दोये, रुबेन भार्गास र एम्बोलोले नै केही उत्कृष्ट अवसर खेर फालेका थिए ।

लामो समयसम्म खेलमा संघर्षरत देखिएको कतारले अन्तिम क्षणमा अवसरको फाइदा उठाउँदै अप्रत्याशित रूपमा एक अंक हात पार्न सफल भयो ।

अब कतारले जुन १९ मा क्यानडासँग र जुन २५ मा बोस्निया-हर्जगोभिनासँग खेल्नेछ । यता स्विट्जरल्यान्डले जुन १९ मा बोस्निया-हर्जगोभिनासँग तथा जुन २५ मा क्यानडासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  ७ : ५३ बजे

बुटवलमा ‘रिभोलुसन डान्स प्रतियोगिता २०८३’ हुने, विजेताले पाउनेछन् ५५ हजार बढी नगद

बुटवल । युवा प्रतिभाको प्रस्फुटन तथा नृत्यकलाको प्रवर्द्धन गर्ने उद्देश्यले

स्थानीय र प्रदेशसभा निर्वाचनका लागि एमालेको ‘मिसन जागरण अभियान’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय र प्रदेश तहको

विश्वकप फुटबल : २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो

काठमाडौं । हाइटीलाई पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका