९ भदौ २०८३, मंगलबार | August 26, 2026

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने टोलि’ सार्वजनिक गरेका छन् । प्रधानमन्त्री वालेन्द्रले आफ्नो देश बनाउने टोलिमा गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्साललाई समावेश गरेका छन् ।

आज उनले आफ्नो सामाजिक सञ्जालको पेजमा गुरुङ र लम्साललाई अँगालो हालेको फोटो पोस्ट गर्दै आफुसमेत रहेको फोटोलाई देश बनाउने टोलिको संज्ञा दिएका छन् । उनले आइतबार साँझ फेसबुकमा ‘देश बनाउने टोली’ भन्दै गृहमन्त्री गुरुङ र पूर्वाधारमन्त्री लम्साल दुवैलाई दायाँबायाँ राखेको तस्बिर सार्वजनिक गरेका हुन्।

तस्बिरमा तीनै जनाले अनौपचारिक पोशाकमा कालो चस्मामा देखिएका छन् ।

सम्पत्तिसम्बन्धी विवादमा मुछिएपछि जिम्मेवारीबाट हटेका गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन दिए लगत्तै प्रधानमन्त्री बालेनले प्रतिवेदन सार्वजनिक नै नगरी गृहमन्त्रीमा फर्काएका थिए।

पूर्वाधार मन्त्री लम्साल भने बालेन काठमाडौँ महानगरपालिकाको मेयर हुँदादेखि कै विश्वासपात्र रहँदै आएका छन् । वालेन मेयर हुँदा लम्साल बालेनको पूर्वाधार विज्ञ थिए।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  ९ : ५६ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त