१ असार २०८३, सोमबार | June 15, 2026

अमेरिका-इरानबीच शान्ति सम्झौता, शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक हस्ताक्षर हुने



काठमाडौं । अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्न दुवै देश शान्ति सम्झौतामा पुगेका छन् । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच शान्ति सम्झौता भएको पुष्टि गर्दै आगामी शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक हस्ताक्षर समारोह हुने जानकारी दिएका छन् ।

सरिफका अनुसार सम्झौताअन्तर्गत दुवै पक्षले सबै मोर्चामा सैन्य गतिविधि स्थायी रूपमा अन्त्य गर्ने सहमति गरेका छन् । सम्झौताको कार्यान्वयन प्रक्रिया सुरु भइसकेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको सम्झौता सम्पन्न भएको घोषणा गरेका छन् । उनले हर्मुज जलडमरूमध्यमा लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने तथा अन्तर्राष्ट्रिय जलमार्ग पुनः सञ्चालन गर्ने निर्णयसमेत सार्वजनिक गरेका छन् ।

सम्झौतापछि बेलायत, फ्रान्स, जर्मनी र इटालीले संयुक्त रूपमा स्वागत गरेका छन् । उनीहरूले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित आगामी कदमहरूको मूल्याङ्कन गर्दै प्रतिबन्धहरू खुकुलो बनाउने विषयमा छलफल गर्न सकिने संकेत दिएका छन् ।

यद्यपि, इरानको आणविक कार्यक्रम, प्रतिबन्ध फुकुवा र दीर्घकालीन सुरक्षा व्यवस्थासम्बन्धी विषयमा थप वार्ता आवश्यक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ७ : ३० बजे

ल्यान्डिङ गियरमा समस्या देखिएपछि बुद्ध एयरको जहाज काठमाडौं फर्काइयो

काठमाडौं । काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको एक जहाजमा

बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला

ढोरपाटन । काँधमा भारी । साथमा सयौँका सङ्ख्यामा वस्तुभाउ । पसिनाले

अमद डियालोको अन्तिम मिनेटको गोलमा आइभोरी कोस्टको विजयी सुरुआत

काठमाडौं । वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका अमद डियालोले

मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम

म्याग्दी । म्याग्दी नदीले तटीय क्षेत्रमा गर्ने कटान, स्थानीय खोल्साहरूमा

लुम्बिनी प्रदेशको बजेट आज सार्वजनिक हुँदै

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को