५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस सरकार



धनुषा । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज वार्षिक बजेट प्रस्तुत गर्ने भएको छ ।

अर्थमन्त्र युवराज भट्टराईले मधेश प्रदेश सरकारको आगामी आवको राजस्व तथा व्ययको अनुमान प्रस्तुत गर्ने मधेश प्रदेशसभाको आजको सम्भावित कार्यसूची छ । प्रदेश सरकारले चालु आवका लागि रु ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको थियो ।

मधेस प्रदेश सरकारले आव २०८२/८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । सर्वेक्षणमा प्रदेशका सबै घरधुरीमा विद्युत् सेवा पुगेको उल्लेख छ । सर्वेक्षणअनुसार राष्ट्रिय प्रसारण लाइनमार्फत मधेस प्रदेशका १३६ स्थानीय तहअन्तर्गत एक हजार २७१ वडाका सबै घरधुरीमा विद्युत् पहुँच पुगेको छ । त्यस्तै, प्रदेशका सबै स्थानीय तहमा बैंक तथा वित्तीय सेवाको पहुँच विस्तार भएको जनाइएको छ । प्रदेशभर रहेका एक हजार ७५४ बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सेवा प्रवाह भइरहेको छ ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  १० : ४० बजे

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौं । नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको