१४ भदौ २०८३, आइतबार | August 30, 2026

उरुग्वे र साउदी अरबबीचको खेल बराबरी



काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र साउदी अरबबीचको खेल बराबरीमा टुङ्गिएको छ । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा आज बिहान भएको खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

खेलको ४१ औँ मिनेटमा साउदीले पहिलो अग्रता लिएको थियो । उसका लागि अब्दुल्लाह अलाम्रीले गोल गर्दै साउदीलाई अग्रता दिलाएका हुन् । त्यस्तै साउदीको १-० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ८० औँ मिनेटमा उरुग्वेका लागि म्याक्सी अराजोले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

त्यसपछि दुवै टोलिले गोल गर्न सकेन्न र अन्तत खेल १-१ गोलको बराबरीमा सकियो । यस खेलसँगै समूह ‘एच’ मा चार वटै टोलीले पहिलो खेलपछि समान एक एक अङ्क जोडेका छन् ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ८ : २२ बजे

नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले रसुवामा बाढीबाट प्रभावित नागरिकको सहयोगका

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

चितवन । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा बिहान आएको बाढीको

पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

म्याग्दी । मालिका गाउँपालिका-५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण

कृष्णभीरमा सडक भासिएपछि मुग्लिन-काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

धादिङ । धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिन-काठमाडौं सडकखण्ड पूर्णरूपमा अवरुद्ध

तिब्बत क्षेत्रको बाढी-पहिरोमा २६१ विदेशी नागरिक बेपत्ता, नेपालका १०४ जना

काठमाडौं । तिब्बतको केरुङ क्षेत्रमा आएको बाढी र पहिरोमा परी