९ भदौ २०८३, मंगलबार | August 26, 2026

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति संसदमा आज पनि विपक्षी दलको विरोध



काठमाडौं । प्रधानमन्त्रीले गत जेठ १७ गते प्रतिनिधिसभा बैठकमा दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्।

प्रधानमन्त्रीको उक्त भनाइ संसद्को रेकर्डबाट हटाउनुपर्ने र सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गर्दै विपक्षी सांसदहरूले बैठकमा विरोध जनाएका हुन्।

सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबाही अघि बढाउनासाथ विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। उनीहरूको मुख्य आपत्ति प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको आशय व्यक्त गरेको भनाइप्रति केन्द्रित रहेको छ।

बैठकमा नेकपा सांसद प्रमेश हमालले प्रधानमन्त्रीको अभिव्यक्तिबारे सरकारको स्पष्ट जवाफ माग गर्दै यस विषयमा संसद्मा निरन्तर प्रश्न उठिरहेको बताए। उनले केवल विरोध जनाएर मात्र समस्या समाधान नहुने र पटक–पटक यस्तै अभिव्यक्ति दोहोरिने प्रवृत्ति अन्त्य हुनुपर्ने धारणा राखे।

हमालले परराष्ट्रमन्त्रीसँग हाल चर्चामा रहेको त्रिदेशीय सीमासम्बन्धी विषयमा चीनसँग कुनै कूटनीतिक संवाद भएको छ वा छैन भन्नेबारे स्पष्ट जानकारी दिन आग्रह गरे। साथै उनले नेपालको सार्वभौमिकता र सीमा सुरक्षासँग सम्बन्धित विभिन्न घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै सुस्तामा भारतीय नागरिक प्रवेश गरेको, दार्चुलाको नेपाली आकाशमा हेलिकप्टर प्रवेश गरेको तथा नेपाली चिया निर्यातमा अवरोध सिर्जना भएको विषय पनि उठाए।

यसैगरी, नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीको जवाफ पर्याप्त नहुने बताउँदै प्रधानमन्त्री स्वयंले संसद्मा स्पष्ट धारणा राख्नुपर्ने माग गरिन्। उनले गम्भीर राष्ट्रिय विषयमा आश्वासनमात्र दिएर नहुने टिप्पणी समेत गरिन्।

नेकपा (एमाले)की सांसद टुकाभद्रा हमालले पनि प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने अडान दोहोर्याइन्।

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर संसद्मा निरन्तर विवाद भइरहेका बेला विपक्षी दलहरूले जवाफ नआएसम्म विरोध जारी राख्ने संकेत दिएका छन्। यसले प्रतिनिधिसभाको नियमित कारबाही प्रभावित हुँदै आएको छ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  १२ : ०१ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त