१३ भदौ २०८३, शनिबार | August 29, 2026

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित



काठमाडौं । कप्तान लियोनल मेसीको ह्याट्रिकमा अर्जेन्टिनाले अल्जेरियालाई पराजित गर्दै फिफा विश्वकप– २०२६ को आफ्नो उद्घाटन खेलमा सुखद सुरुआत गरेको छ ।

अमेरिकाको कान्सास सिटी रङ्गशालामा आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।

साविक विजेता अर्जेन्टिनाका लागि कप्तान मेसीले यस सिजनको पहिलो ह्याट्रिक पूरा गरेका हुन् । यस सिजनको यसअघिका खेलहरूमा कुनै पनि खेलाडीले ह्याट्रिक पूरा गर्न सकेका छैनन् ।

मेसीले खेलको पहिलो हाफको १७औँ मिनेटमा अर्जेन्टिनाका लागि पहिलो गोल गरे । त्यस्तै खेलको ६०औँ मिनेटमा दोस्रो तथा खेलको ७६औँ मिनेटमा ह्याट्रिक पूरा गरे । जितसँगै समूह ‘जे’मा रहेको अर्जेन्टिनाले तीन अङ्क जोड्दै शीर्षस्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ९ : ५२ बजे

भोटेकोशीमा बाढीको जोखिम कायमै

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले

बाढी र लेदो पन्छाएपछि काठमाडौं-मुग्लिन सडक सञ्चालनमा

काठमाडौं । बाढी र लेदोका कारण प्रभावित पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं-मुग्लिन

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

काठमाडौं । अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी-२० सिरिजमा

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर । भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा)

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी