१४ भदौ २०८३, आइतबार | August 30, 2026

ह्यारी केन चम्किए, क्रोएसियामाथि ४-२ को जितसँगै इङ्गल्यान्डको विजयी सुरुवात



काठमाडौं । कप्तान ह्यारी केनको दुई गोल प्रेरित प्रदर्शनमा इङ्गल्यान्डले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिकाको टेक्ससस्थित डलास काउब्वयज रंगशालामा बुधबार राति सम्पन्न खेलमा इङ्गल्यान्डले क्रोएसियालाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

नयाँ मुख्य प्रशिक्षक थोमस टुकलको नेतृत्वमा पहिलो ठूलो प्रतियोगिता खेलिरहेको इङ्गल्यान्डका लागि केनले दुई तथा जुड बेलिङ्घम र वैकल्पिक खेलाडी मार्कस रासफोर्डले एक-एक गोल गरे । क्रोएसियाका मार्टिन बातुरिना र पेटार मुसाले गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

खेलको १२ औँ मिनेटमा इङ्गल्यान्डले पेनाल्टीमार्फत अग्रता लिएको थियो । क्रोएसियाका कप्तान लुका मोड्रिचले नोनी माडुएकेलाई पेनाल्टी क्षेत्रमा लडाएपछि प्राप्त अवसरलाई केनले दोस्रो प्रयासमा गोलमा परिणत गरेका थिए ।

क्रोएसियाले ३६ औँ मिनेटमा मार्टिन बातुरिनाको उत्कृष्ट गोलमार्फत खेल बराबरीमा ल्यायो । तर त्यसको छ मिनेटपछि ड्याक्लन राइसको कर्नरमा हेडमार्फत गोल गर्दै केनले इङ्गल्यान्डलाई पुनः २-१ को अग्रता दिलाए ।

पहिलो हाफको इन्जुरी समयमा पेटार मुसाले गोल गरेपछि खेल २-२ को बराबरीमा पुगेको थियो ।

दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै जुड बेलिङ्घमले व्यक्तिगत कौशल प्रदर्शन गर्दै शानदार गोल गरे र इङ्गल्यान्डलाई ३-२ को अग्रता दिलाए । त्यसपछि खेलको अन्तिम चरणमा मार्कस रासफोर्डले गोल थप्दै इङ्गल्यान्डको जित सुनिश्चित गरे ।

यस जितसँगै इङ्गल्यान्डले विश्वकप अभियान सुखद रूपमा सुरु गरेको छ । साथै, सन् २०१८ को विश्वकप सेमिफाइनलमा क्रोएसियासँग बेहोरेको हारको बदला समेत लिएको छ ।

केनले यस खेलमा दुई गोल गर्दै विश्वकपमा आफ्नो व्यक्तिगत गोल संख्या १० पुर्‍याएका छन् । यससँगै उनले इङ्गल्यान्डका पूर्व स्ट्राइकर ग्यारी लिनेकरको विश्वकप गोलको कीर्तिमानसँग बराबरी गरेका छन् ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ६ : ५२ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ