६ असार २०८३, शनिबार | June 20, 2026

विश्वकप फुटबल : ब्राजिलद्वारा हाइटी पराजित



काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा ब्राजिलले हाइटीलाई पराजित गरेको छ । अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा भएको खेलमा ब्राजिलले समूह चरणका आफ्नो दोस्रो खेलमा हाइटीलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।
ब्राजिलका लागि खेलको २३औँ मिनेटमा माथेउस कुन्हाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उनले ३६औँ मिनेटमा थप एक गोल गर्दै ब्राजिलको अग्रतालाई दोब्बर बनाए । त्यसपछि भिनिसियस जुनियरले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै ब्राजिललाई ३–० को अग्रता दिलाए ।
जितसँगै समूह ‘सि’मा रहेको ब्राजिलले दुई खेलमा चार अङ्क जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । समान चार अङ्क नै जोडेको मोरक्को गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । दुई खेलमा तीन अङ्क जोडेको स्कटल्यान्ड तेस्रो र जितविहीन हाइटी चौथो स्थानमा छ । यससँगै लगातार दोस्रो हार बेहोरेको हाइटीको भने नकआउट चरणमा पुग्ने सम्भावना समाप्त भएको छ । अब समूह ‘सी’मा ब्राजिलले स्कटल्यान्ड र मोरक्कोले हाइटीसँग खेल्न बाँकी रहेको छ ।
विश्वकप फुटबल प्रतियोगिताअन्र्तत आजै विहान सम्पन्न खेलमा मोरोक्कोले स्कटल्यान्डलाई १–० गोलअन्तरले पराजित गरेको थियो । मोरोक्कोका इस्माइल साइबारीले खेल सुरुआती मिनेटमा नै गरेको एक गोल नै मोरोक्कोको लागि निर्णायक सावित भएको थियो ।
खेलको दोस्रो हाफमा कुनै गोल भएन र ब्राजिल विजयी भयो । समूह ‘डि’अन्तर्गत आज ८ः४५ बजे हुने खेलमा टर्की र पाराग्वे भिड्दैछन् ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ९ : १९ बजे

पानीको धारा, मुहान सफा गरेर मनाइयो सिथि नखः पर्व

काठमाडौं । आज ज्येष्ठ शुक्ल षष्ठी हो । यसलाई कुमार

११ महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज शनिबार बस्दै

साझा यातायातसँग सहकार्यमा सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी

काठमाडौं । सरकारले महिलालाई लक्षित गरी सातवटै प्रदेशमा ‘ब्लु बस’