२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

कालीगण्डकी किनारलाई धार्मिक-पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण



नवलपरासी । कालीगण्डकी नदी किनारलाई धार्मिक, पर्यटकीय तथा मनोरञ्जनात्मक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पदमार्ग निर्माण प्रारम्भ भएको छ ।

गाउँपालिकाले कालीगण्डकी किनारको बालीघाट क्षेत्रबाट पदमार्ग निर्माण थालिएको हो । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र पर्यटकीय सम्भावनालाई एकसाथ जोड्दै क्षेत्रको समग्र विकास गर्ने लक्ष्यसहित पदमार्ग निर्माण थालिएको गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताए ।

“नदी किनारको सुन्दर दृश्यसँगै यहाँ रहेका धार्मिकस्थल, प्राकृतिक सम्पदा र पर्यटकीय आकर्षणलाई एकापसमा जोड्ने उद्देश्यले पदमार्ग निर्माण थालेका हौँ”, अध्यक्ष ओझाले भने ।

गाउँपालिकाले दीर्घकालीन योजनाअनुसार उक्त पदमार्गलाई बालीघाटस्थित आँप बगैँचा, कालीगण्डकी किनार वर, पीपल स्वामीचौतारी, गैँडाअल्प झरना, चम्के ओडारलगायत स्थानसँग जोड्ने लक्ष्य छ ।

हाल ‘ट्र्याक’ खोलिएको, निर्माणलाई चरणबद्ध रूपमा अघि बढाइने र राष्ट्रिय रोजगार कार्यक्रममार्फत जनशक्ति परिचालन गरी पदमार्ग निर्माणलाई अझ व्यवस्थित बनाइने जनाइएको छ ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ८ : ०८ बजे

राष्ट्रियसभा बैठक आज, गृहमन्त्री गुरुङले मौखिक प्रश्नको उत्तर दिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे

नारायणगढ-बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

चितवन । निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै

मनसुन सक्रिय : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर

प्रमुख जिल्ला अधिकारी तामाङबाट क्यान्सर अस्पतालको अनुगमन निरीक्षण

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले खजुरा स्थित