१३ भदौ २०८३, शनिबार | August 29, 2026

मेस्सीको कीर्तिमानी दुई गोलमा अर्जेन्टिना नकआउट चरणमा



काठमाडौं । कप्तान लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६ अन्तर्गत अष्ट्रियामाथि २-० को महत्वपूर्ण जित हासिल गरेको छ ।

खेलमा अर्जेन्टिनाका दुवै गोल मेस्सीले गरे । उनले ३८ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने इन्जुरी समयमा अर्को गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे ।

यससँगै मेस्सीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । अष्ट्रियाविरुद्धका दुई गोलसँगै उनको विश्वकप गोल संख्या १८ पुगेको छ। यसअघि जर्मनीका मिरोस्लाभ क्लोजेको नाममा रहेको १६ गोलको कीर्तिमान उनले तोडेका हुन् ।

मेस्सीले यसअघि अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै क्लोजेको कीर्तिमान बराबरी गरेका थिए । अष्ट्रियाविरुद्ध थप दुई गोल गरेपछि उनी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन् ।

खेलको चौथो मिनेटमै अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । तर मेस्सी पेनाल्टीमा गोल गर्न असफल भए । त्यसपछि उनले उत्कृष्ट पुनरागमन गर्दै दुई गोल गरे र टोलीको जितमा निर्णायक भूमिका निर्वाह गरे ।

लगातार दोस्रो जितसँगै अर्जेन्टिनाले समूह चरणमा ६ अंक जोडेको छ । यससँगै टोलीले नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । यसअघि अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा अल्जेरियालाई ३-० ले पराजित गरेको थियो ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ७ : ३६ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ