९ असार २०८३, मंगलबार | June 23, 2026

सेनेगललाई हराउँदै नर्वेले गर्‍यो नकआउट चरण यात्रा तय



काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा सेनेगललाई ३-२ गोलले पराजित गर्दै नर्वे नकआउट चरणमा प्रवेश गरेको छ ।

न्युजर्सीस्थित रंगशालामा आज बिहान सम्पन्न खेलमा नर्वेको जितमा मार्कस पेडरसनले एक तथा एर्लिङ हालान्डले दुई गोल गरे । सेनेगलका इस्माइला सारले दुई गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

खेलको ४३ औँ मिनेटमा पेडरसनले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता बनाएको नर्वेले दोस्रो हाफको सुरुमै खेलमा पकड बनायो । ४८ औँ मिनेटमा हालान्डले गोल गर्दै अग्रता दोब्बर बनाए ।

तर सेनेगलले ५३ औँ मिनेटमा इस्माइला सारको गोलमार्फत खेलमा फर्कने संकेत देखायो । त्यसको पाँच मिनेटपछि हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई ३-१ को मजबुत अग्रता दिलाए ।

खेलको इन्जुरी समयमा सारले व्यक्तिगत दोस्रो गोल गरे पनि त्यसपछि थप गोल हुन नसक्दा सेनेगल ३-२ ले पराजित भयो ।

लगातार दोस्रो जित निकालेको नर्वे ६ अंकसहित समूह ‘आई’ को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ । यता लगातार दोस्रो हार बेहोरेको सेनेगल भने समूह चरणबाटै बाहिरिएको छ ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ८ : २८ बजे

सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक

काठमाडौं । आकर्षक सेवा सुविधा पाउने मोहमा प्रायः नेपाली चिकित्सकले

नगरकोटमा झैझगडाका क्रममा चक्कु प्रहार, एक युवकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका-१ स्थित नगरकोटमा सामान्य विवादका क्रममा भएको

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले

कतारको ग्यास प्लान्ट विस्फोटमा नेपालीसहित ६६ बढी घाइते, १३ जनाको मृत्यु

काठमाडौं । कतारको रस लाफान औद्योगिक क्षेत्रस्थित ग्यास उत्पादन केन्द्रमा

सेनेगललाई हराउँदै नर्वेले गर्‍यो नकआउट चरण यात्रा तय

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा