५ भदौ २०८३, शुक्रबार | August 21, 2026

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै



खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको बाँकेको खजुरा खण्डको मुहार फेरिने भएको छ । हुलाकी सडक निर्देशनालयको नेपालगन्ज योजना कार्यालयबाट खजुरा खण्डको २ किलोमिटर र गुलरिया खण्डको २ दशमलव २३४ मिटर सडक स्तरउन्नतीका लागि ठेक्का खुल्ला गरिएकोमा खजुरा खण्डको ठेक्का पाएको निर्माण व्यवसायीले धमाधम कालोपत्रे गर्न सुरु गरेको छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जबाट ठेक्का पाएको कुल १८०० मिटर सडकमा अहिले धमाधम अक्सफाल्ड प्रबिधिबाट कालोपत्रे भइरहेको योजना कार्यालयका साईड इन्जिनियर अनिल गिरीले बताए । सो सडक निर्माण व्यवसायी मैटहवा-एनएटी-स्टेटलाईट जेभीले ७ करोड १ हजार ६९ रुपैयाँमा ठेक्का पाएको थियो ।

४ लेन सडक निर्माण गर्ने भन्दै २०७४ सालमा सडक डिभिजनबाट ठेक्का लगाइएकोमा ठेकेदार कम्पनीबाट गुणस्तरहिन र अधुरो काम गरेर बीचमै सडक अलपत्र पारेपछि हुलाकी सडकमा यात्रा गर्ने यात्रीहरुले विगत ९ वर्षदेखि सास्ती खेपिरहेका थिए । सडकको स्तरउन्नती अन्तर्गत कालोपत्रे गर्न थालिएसँगै सो सडकमा यात्रा गर्दा सास्ती खेपिरहेका यात्रुले राहत पाउने भएका छन् ।

सो सडकको २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । ठेकेदारको कम्पनीको चरम लापरवाहीका बाबजुद सडक डिभिजनबाट पटक पटक म्याद थप्दा पनि योजना सम्पन्न नगर्ने र गरेका काम पनि गुणस्तरहिन भएपछि स्थानीयले पटक पटक आन्दोलन गर्दै आएका थिए । स्थानीयको लगातारको बिरोध र ठेकेदारको लापरवाही नसच्चिएपछि सडक डिभिजनले ठेक्का सम्झौता खारेज गरेको थियो ।

यसअघि सडक डिभिजनबाट काम भइरहेको सो सडक खण्डलाई हुलाकी राजमार्ग निर्देशनालयले जिम्मा लिएर स्तर उन्नती गर्न थालेको हो । खजुरा र गुलरिया खण्ड बाहेकको करिव २७ किलोमिटर सडक भने यसअघि नै हुलाकी सडक निर्देशनालयको योजनामा सम्पन्न भइसकेको छ । शर्मा एण्ड कम्पनीले ठेक्का लिएको १ वर्ष अगावै स्तरउन्नतीको काम सम्पन्न गरेको हो ।

सोही सडक खण्डको खजुरा बजार क्षेत्रमा पर्ने ७० वर्ष पुरानो पेडारी नालाको पुल निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । ५ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित ३४ मिटर लामो र २२ मिटर चौडाई रहेको पुल निर्माण कार्य केही दिनमा सम्पन्न हुने चरणमा पुगेको हुलाकी राजमार्ग योजना कार्यालय नेपालगन्जका प्रमुख लिलाबहादुर भण्डारीले बताए ।

नयाँ निर्माण भएको पुल २२ मिटर चौडाइ र ३४.४ मिटर लम्बाइको छ । यसैगरी पुलको दुवैतर्फ २०० मिटर एप्रोच सडकको कालोपत्रे बाहेकको काम सम्पन्न भएको छ ।

हुलाकी राजमार्ग निर्माण भएसँगै नेपालगन्जबाट धनगढी, टिकापुर र महेन्द्रनगर यात्रा गर्ने यात्रुहरुले हुलाकी राजमार्ग प्रयोग गर्न थालेका छन् । साबिक पूर्वपश्चिम राजमार्ग प्रयोग गर्दा निकुञ्जको टाइम कार्ड, जनावरको असुरक्षा र लामो दूरी पर्ने भएको भन्दै यात्रुहरुको रोजाई हुलाकी राजमार्ग हुने गरेको छ ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ४ : ३७ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको