१२ असार २०८३, शुक्रबार | June 26, 2026

नेदरल्याण्ड्स समूह एफको विजेता, जापान उपविजेताका रूपमा नकआउट चरणमा



काठमाडौं । ट्युनिसियामाथि ३-१ को सहज जित निकाल्दै नेदरल्याण्ड्स विश्वकप फुटबलको समूह एफको विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ ।

खेलको तेस्रो मिनेटमै ट्युनिसियाका एलिस स्किरीबाट आत्मघाती गोल भएपछि नेदरल्याण्ड्सले अग्रता लिएको थियो । त्यसको चार मिनेटपछि ब्रायन बबीले गोल थप्दै टोलीलाई २-० को बलियो अवस्थामा पुर्‍याए ।

ट्युनिसियाका हाजेम मस्त्यौरीले एक गोल फर्काउँदै अन्तर घटाए पनि ६३ औँ मिनेटमा जोन पाउल भानले गोल गर्दै नेदरल्याण्ड्सको जित सुनिश्चित गरे ।

यसअघि नेदरल्याण्ड्सले जापानसँग १-१ को बराबरी खेलेको थियो भने स्वीडेनलाई ५-१ ले पराजित गरेको थियो । ट्युनिसियामाथिको जितसँगै नेदरल्याण्ड्सले तीन खेलबाट सात अंक जोड्दै समूहको शीर्ष स्थान सुरक्षित गरेको हो ।

समूहको अर्को खेलमा जापान र स्वीडेनले १-१ को बराबरी खेले । जापानका लागि डेजिन मेदाले ५५ औँ मिनेटमा गोल गरेका थिए भने स्वीडेनका एन्थोनी एलेग्नाले ६१ औँ मिनेटमा बराबरी गोल फर्काए ।

जापानले यसअघि ट्युनिसियालाई ४-० ले पराजित गर्नुका साथै नेदरल्याण्ड्ससँग बराबरी खेलेको थियो । स्वीडेनले ट्युनिसियामाथि ५-१ को जित निकाले पनि नेदरल्याण्ड्ससँग समान अन्तरले पराजित भएको थियो ।

समूह चरणको समाप्तिसँगै सात अंकसहित नेदरल्याण्ड्स शीर्ष स्थानमा रहँदा पाँच अंक जोडेको जापान दोस्रो स्थानमा रह्यो । चार अंक रहेको स्वीडेन तेस्रो स्थानमा सीमित भयो भने तीनै खेलमा पराजित ट्युनिसिया अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ७ : ३४ बजे

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन्

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या २३५ पुग्यो, उद्धार कार्य तीव्र

काठमाडौं । उत्तरी भेनेजुएलामा लगातार गएका दुई शक्तिशाली भूकम्पमा परी

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

काठमाडौं । आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस

साइबर अपराध मुद्दामा पत्रकार विनोद ढकाल पक्राउ

काठमाडौं । पत्रकार विनोद ढकाल साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका

नक्कली औषधि प्रकरणबारे औषधि व्यवसायी संघ रुपन्देहीको ध्यानाकर्षण, दोषीलाई कडा कारबाहीको माग

बुटवल । बुटवलस्थित सैनामैना हेल्थ सेन्टरमा नक्कली औषधि फेला परेको