१३ भदौ २०८३, शनिबार | August 29, 2026

बेलिङघम र केन चम्किँदा इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश



काठमाडौं । जुड बेलिङघम र कप्तान ह्यारी केनको गोलमा इंग्ल्यान्डले पनामालाई २-० ले पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को विजेताका रूपमा नकआउट चरण (अन्तिम ३२) मा प्रवेश गरेको छ ।

शनिबार राति न्युयोर्क-न्युजर्सी स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा इंग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै पाँच मिनेटको अन्तरालमा दुई गोल गर्‍यो ।

खेलको ६२ औँ मिनेटमा बुकायो साकाको पासमा जुड बेलिङघमले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए। त्यसको पाँच मिनेटपछि ६७ औँ मिनेटमा बेलिङघमकै पासलाई सदुपयोग गर्दै कप्तान ह्यारी केनले दोस्रो गोल गरेपछि इंग्ल्यान्डले सहज जित सुनिश्चित गर्‍यो ।

यस गोलसँगै केन विश्वकप इतिहासमा इंग्ल्यान्डका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

यो जितसँगै इंग्ल्यान्ड समूह ‘एल’ को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगेको छ भने पराजित पनामा समूह चरणबाटै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ८ : ०३ बजे

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा । भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा