२ कार्तिक २०८३, सोमबार | October 19, 2026

लुम्बिनी प्रदेश सभाको एघारौं बैठक बुधबार बस्दै



दाङ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत एघारौं बैठक बस्ने भएको छ । अनिश्चितकालका लागि स्थष्ति गरिएको बैठक भोली बुधबार दिउँसो १ः०० बजे बस्ने गरि बोलाईएको छ ।

सभामुखको निर्देशनअनुसार तय भएको बैठकमा राजश्व तथा व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलदेखि विधेयकसम्बन्धी कार्यसूचीसम्म रहेका छन् ।

बैठकमा प्रदेश सभा सदस्यहरूले आगामी आर्थिक वर्षको ‘राजश्व र व्ययको वार्षिक अनुमान’माथि सैद्धान्तिक छलफलमा भाग लिने कार्यक्रम छ । छलफलका क्रममा उठ्ने प्रश्नहरूको जवाफ लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की ले दिने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । त्यसैगरी मन्त्री कार्कीले ‘विनियोजन विधेयक’ प्रदेश सभामा औपचारिक रूपमा पेश गर्ने कार्यसूची पनि तय भएको छ ।

यसअघि सत्तारुढ गठबन्धनबाट जेटको चर्को बिरोध आएपछि प्रदेशसभाको बैठक अनिश्चित कालका लागि स्थगित भएको थियो ।

बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना ले‘थारु समुदायका प्रथाजनित परम्परा सम्बन्धी विधेयक’ समितिमा पठाउने प्रस्ताव पेश गर्ने समेत कार्यसूचीमा रहेको छ ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ३ : २९ बजे

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया । घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ

मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव

काठमाडौँ । दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा

तीन दिनसम्म सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ । सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौं । वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा बडादसैंको शुभकामना

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले बडादसैँ २०८३