३ भदौ २०८३, बुधबार | August 19, 2026

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती



लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी दुर्घटना र यसबाट हुने क्षतिमा अपेक्षाकृत कमी आउन सकेको छैन । यसवर्षको पहिलो महिना वैशाख र जेठमा सार्वजनिक भएको ट्राफिक तथ्याङ्कले यही चुनौतीपूर्ण यथार्थ उजागर गरेको छ ।

यसअवधिमा भएका २४० दुर्घटनामा ११३ जनाको मृत्यु भएको छ भने ६४१ जना घाइते भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार जेठ महिनामा मात्रै प्रदेशभर १५० वटा सवारी दुर्घटना भएकोमा ४० जनाले ज्यान गुमाएका छन् भने २५५ जना घाइते भएका छन् ।

यसवर्षको पहिलो महिना वैशाखको तुलनामा दुर्घटना सङ्ख्या केही घटेको देखिए पनि प्रत्येक दिन औसत पाँच वटा दुर्घटना र दैनिक एकभन्दा बढीको मृत्यु हुनु चिन्ताजनक अवस्था हो । वैशाखमा प्रदेशभर १८९ वटा दुर्घटना भएका थिए । त्यसमा ४३ जनाको मृत्यु र २८६ जना घाइते भएका थिए । जेठमा दुर्घटना ३९ वटाले घटे पनि मृत्युदरमा उल्लेखनीय सुधार आउन सकेको छैन ।

तीव्र गति नै दुर्घटनाको कारक

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) निशान थापा दुर्घटनाको विश्लेषण गर्दा सबैभन्दा डरलाग्दो तथ्य तीव्र गतिमा सवारी चलाउनुनै मुख्य कारण रहेको बताउँछन् । उनले अधिकांश दुर्घटना तीव्र गतिकै कारणले भएको पाइएको तथ्याङ्क बताए ।

जेठमा चालकको कारण भएका दुर्घटनामध्ये तीव्र गतिका कारण ९९ वटा दुर्घटना, मादकपदार्थ सेवनका कारण १७ वटा, चालकीय असक्षमताका कारण १८ वटा, लेन अनुशासन उल्लङ्घनबाट नौ वटा, मोबाइल फोन प्रयोगबाट एक वटा, निद्रा वा थकानबाट एक वटा, अनावश्यक ओभरटेकबाट दुई वटा र अन्य लापरबाहीबाट तीन वटा दुर्घटना भएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाले सार्वजनिक गरेको तथ्याङ्कमा छ ।

मादकपदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्ति अझै नियन्त्रणमा आउन नसकेको र जेठमा मात्रै प्रहरीले एक हजार ११३ जना चालकलाई मादकपदार्थ सेवन (मापसे) गरेको अभियोगमा कारबाही गरेको तथ्याङ्कमा छ । यसबाट मात्रै रु छ लाख नौ हजार बढी राजस्व सङ्कलन भएको छ ।

ट्राफिक प्रहरीले जेठ महिनामा १२ हजार ८०४ वटा सवारीसाधनमाथि कारबाही गरेको छ । यसबाट रु एक करोड ४८ लाख ३९ हजार ५०२ जरिवाना सङ्कलन गरेको छ । वैशाखमा १० हजार १११ कारबाही र रु एक करोड ६५ लाख ७६ हजार ५०९ जरिवाना सङ्कलन भएको थियो ।

दुर्घटना र क्षतिमा कमी आउनुमा ट्राफिक प्रहरीको सक्रियता र चेतनामूलक अभियानलाई मुख्य कारण मानिएको थापाले बताए । जहाँ वैशाखको तुलनामा जेठ महिनामा कारबाही सङ्ख्या १० हजार ९११ बाट बढेर १२ हजार ८०५ पु¥याइएको छ भने जनचेतना कार्यक्रमबाट लाभान्वित हुनेको सङ्ख्या ५२ हजार ३५५ बाट वृद्धि भई ७७ हजार ०५३ पुगेको छ ।

दुर्घटना रोकथामका लागि प्रहरीले कारबाहीसँगै जनचेतनालाई प्राथमिकता दिएको छ । जेठ महिनामा एक हजार ४१९ जनालाई प्रत्यक्ष ट्राफिक सचेतनाका कार्यक्रममा सहभागी गराएको छ । ६७ हजार ५३ जनालाई विभिन्न कार्यक्रममार्फत लाभान्वित भएको र १८३ सवारीचालक तथा सहचालकको जनाको स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ९ : ०० बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने