काठमाडौं । एर्लिङ हालान्डको निर्णायक गोलको मद्दतमा नर्वेले आइभरी कोस्टलाई २-१ ले पराजित गर्दै फिफा विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ (नकआउट चरण) मा स्थान सुरक्षित गरेको छ ।
अमेरिकाको डलास रंगशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा नर्वेले पुनरागमनको प्रयास गरेको आइभरी कोस्टलाई अन्तिम समयमा स्तब्ध पार्दै क्वार्टरफाइनल प्रवेशको सम्भावना जीवित राखेको हो। अब अन्तिम १६ मा नर्वेले उपाधि दाबेदार ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।
खेलको ३९ औँ मिनेटमा एन्टोनियो नुसाले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। पहिलो हाफ १-० ले आफ्नो पक्षमा टुंग्याएको नर्वेविरुद्ध आइभरी कोस्टले दोस्रो हाफमा आक्रामक प्रदर्शन गर्यो ।
खेलको ७४ औँ मिनेटमा अमाद डियाल्लोले बराबरी गोल गर्दै आइभरी कोस्टलाई खेलमा फर्काए। त्यसपछि दुवै टोलीले जितका लागि लगातार आक्रमण गरे पनि खेल बराबरीतर्फ उन्मुख देखिएको थियो ।
तर खेलको ८६ औँ मिनेटमा स्टार स्ट्राइकर एर्लिङ हालान्डले निर्णायक गोल गर्दै नर्वेलाई २-१ को अग्रता दिलाए । बाँकी समयमा आइभरी कोस्टले बराबरीको प्रयास गरे पनि सफल हुन नसकेपछि नर्वे विजयी हुँदै नकआउट चरणबाट अन्तिम १६ मा प्रवेश गर्न सफल भयो ।
यस जितसँगै नर्वेले विश्वकपको उपाधि दाबेदार मानिएको ब्राजिलसँग अन्तिम १६ मा प्रतिस्पर्धा गर्ने भएको छ ।



















प्रतिक्रिया