२८ आश्विन २०८३, बुधबार | October 14, 2026

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया



नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग कर सम्बन्धी अन्तरक्रिया गरेको छ । आन्तरिक राजस्व कार्यालय नेपालगन्जको आयोजना तथा नेपाल पत्रकार महासंघ बाँके शाखाको संयोजन एवं समन्वयमा ‘सञ्चारकर्मीसँग कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ गरिएको हो ।

कार्यक्रममा प्रस्तुतिकरण दिँदै कर अधिकृत उदयराम केसीले आर्थिक विधेयक २०८३, नयाँ कर व्यवस्था, करदातालाई प्रदान गरिएका छुट तथा सहुलियत, कर सम्बन्धी कानुनी व्यवस्था र सञ्चारकर्मीको भूमिकाबारे जानकारी दिए । प्रस्तुतिपछि सहभागी पत्रकारहरूले उठाएका जिज्ञासाको समेत केसीले जवाफ दिएका थिए । केसीले आर्थिक विधेयक २०८३ ले अहिलेसम्मकै बढी छुट र सहुलियत प्रदान गरेको जानकारी गराउँदै करदातालाई राजश्व कार्यालयमा सम्पर्क गरी मौकाको फाइदा लिन आग्रह गरे । त्यसका लागि आवश्यक सूचना नागरिकसमक्ष प्रवाह गरिदिन उनले संचारकर्मीलाई आग्रह समेत गरे ।

प्रमुख कर अधिकृत पूर्ण प्रसाद न्यौपानेले कर प्रणालीलाई पारदर्शी, सरल र सेवामैत्री बनाउन आन्तरिक राजस्व कार्यालय निरन्तर प्रयासरत रहेको बताए । उनले सही र तथ्यपरक कर सूचना नागरिकसम्म पुर्‍याउन सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै कर सम्बन्धी भ्रम चिर्न र कर सचेतना अभिवृद्धि गर्न पत्रकारसँग सहकार्यलाई अझ प्रभावकारी बनाइने बताए ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष गिरीले पत्रकारहरूलाई कर सम्बन्धी अद्यावधिक जानकारी उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको अन्तरक्रिया निकै उपयोगी भएको बताए । उनले कर नीति तथा आर्थिक विषयलाई आम नागरिकसम्म सरल, तथ्यपरक र जिम्मेवार ढंगले पुर्‍याउन सञ्चारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै यस्ता अभिमुखीकरण तथा अन्तरक्रियालाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए । साथै, गिरीले राज्यका निकाय र सञ्चार क्षेत्रबीच नियमित समन्वय र संवादले सुशासन, कर सचेतना तथा उत्तरदायी पत्रकारितालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

गत वर्ष पनि आन्तरिक राजश्व कार्यालय नेपालगन्जले पत्रकार महासंघसंग समन्वय गरी कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको थियो

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  १० : ०८ बजे

बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता : ब्रोदर्स र अप्सरा विजयी

नेपालगन्ज । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा बुधबार

सांसद खगेन्द्र सुनारले गरे अडियो प्रकरणमा जोडिएकी महिलाको बचाउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले हालै

‘अव्यवस्थित पार्किङ, जिर्ण सडक र अस्वस्थ प्रतिस्पर्धाका कारण सवारी दुर्घटना बढ्यो’

नेपालगन्ज । अनुशासीत र मर्यादित भएर यातायात ब्यवसाय गर्न सके

लोककल्याणकारी विज्ञापनमा ठूलो बेरुजु : सांसद थारु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य ठाकुर सिंह थारुले लोककल्याणकारी विज्ञापनमा ठूलो

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका