२२ असार २०८३, सोमबार | July 6, 2026

संसद्मा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन



काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदहरूले उठाएका समसामयिक तथा जनचासोका विषयमा स्पष्ट जवाफ दिन नेपाल सरकारलाई निर्देशन दिएका छन्।

विशेषगरी कर्णाली राजमार्गमा भएको हालैको सवारी दुर्घटना, मनसुनजन्य विपद्को पूर्वतयारी तथा बाढी, पहिरो र डुबानबाट हुन सक्ने क्षति न्यूनीकरणका विषयमा सरकारलाई संसद्मै जानकारी गराउन उनले रुलिङ गरेका हुन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक र शून्य समयमा सांसदहरूले विभिन्न सार्वजनिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएपछि सभामुख अर्यालले सम्बन्धित विषयमा सरकारको आधिकारिक धारणा प्रस्तुत गर्न निर्देशन दिएका हुन्।

सभामुख अर्यालले सांसदहरूले उठाएका विषयहरू गम्भीर र महत्वपूर्ण रहेको उल्लेख गर्दै देशका विभिन्न भागमा मनसुनका कारण हुन सक्ने बाढी, पहिरो र डुबानबाट जनधनको क्षति रोक्न तथा न्यूनीकरण गर्न सरकारले गरेका पूर्वतयारी र विपद् व्यवस्थापनसम्बन्धी कामकारबाहीबारे संसद्लाई जानकारी गराउन निर्देशन दिए।

उनले बाढी, पहिरो र डुबानको सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रभावकारी विपद् व्यवस्थापनका लागि आवश्यक तयारीबारे पनि सरकार स्पष्ट हुनुपर्ने बताएका छन्।

बैठकमा सांसदहरूले विशेषगरी कर्णाली राजमार्गमा हालै भएको सवारी दुर्घटनालाई लिएर सरकारको उद्धार तथा राहत व्यवस्थाप्रति प्रश्न उठाएका थिए। सरकार समयमै प्रभावकारी रूपमा उद्धारमा परिचालित हुन नसकेको भन्दै सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका सांसदहरूले गृहमन्त्रीबाट संसद्मै जवाफ माग गरेका थिए।

सत्तापक्ष र प्रतिपक्ष दुवै पक्षबाट एउटै विषयमा सरकारको जवाफ माग भएपछि सभामुख अर्यालले सम्बन्धित विषयमा सरकारलाई संसद्मा उपस्थित भएर आवश्यक जानकारी र जवाफ दिन औपचारिक निर्देशन दिएका हुन्।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  १ : ४५ बजे

भन्सार सुधारका लागि एडीबीले नेपाललाई ५ करोड अमेरिकी डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मसातो कान्डाले नेपालको

२६ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज (साम्पाङ)राईले संविधानका आधारभूत

पोर्चुगल र स्पेन विश्वकपमा तेस्रो पटक भिडदैँ, यस्तो छ बिगत

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले सन् २०२६ को फिफा विश्वकपको

भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीलाई भने – ‘भाइरल होइन, संसद्प्रति उत्तरदायी बन्नुस्’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता