२२ असार २०८३, सोमबार | July 6, 2026

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ



काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज (साम्पाङ)राईले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले संविधान संशोधनको सवालमा गम्भीर हुनुपर्ने बताए ।

“संविधानको आधारभूत संरचनालाई यथावत राखेर अन्य विषय संशोधन गर्न सक्छौँ । संशोधनमा हामी गम्भीर हुनुपर्छ, यो जानिएन भने समस्या हुने खतरा छ”, उनले भने ।

अध्यक्ष राईले सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रभावकारी सेवा प्रवाहमा सरकारको १०० दिनको प्रयासप्रति धन्यवाद दिए।

आफूले केही समयअघि महाकाली क्षेत्रको भ्रमण गरेको उल्लेख गर्दै अध्यक्ष राईले दार्चुला–टिङ्कर सडक निर्माणलाई तीव्रता दिन आग्रह गरे। अध्यक्ष राईले अब राष्ट्रिय गौरवको आयोजना सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नुपर्ने धारणा राखे ।

सुकुमवासी, अव्यवस्थित बसोबासीको पुनर्वासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्दै अध्यक्ष राईले यथाशीघ्र धनीपूर्जा उपलब्ध गराउन सुझाव दिए ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन माग गर्दै उनले स्वास्थ्य सेवालाई विकेन्द्रित गर्न सुझाव दिए ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ३ : २३ बजे

अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष

सार्वजनिक स्थलमा महिलासामु अश्लील हर्कत गरेको आरोपमा शिक्षा अधिकृत पक्राउ

काठमाडौं । सार्वजनिक स्थलमा एक महिलासामु अश्लील हर्कत गरेको आरोपमा

बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक

नेपालगन्ज । कानुनी विवादमा परेका बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा,

भन्सार सुधारका लागि एडीबीले नेपाललाई ५ करोड अमेरिकी डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मसातो कान्डाले नेपालको

२६ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज