२८ असार २०८३, आइतबार | July 12, 2026

अमेरिकामाथि बेल्जियमको फराकिलो जित



काठमाडौं । आयोजक राष्ट्र अमेरिकालाई ४-१ गोलअन्तरले पराजित गर्दै बेल्जियम फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रभावशाली प्रदर्शन गरेको बेल्जियमले खेलभरि नै आफ्नो वर्चस्व कायम राख्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

बेल्जियमको जितमा चार्ल्स डी केटेलाएर नायक बने । उनले व्यक्तिगत दुई गोल गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए ।

खेलको नवौँ मिनेटमै डी केटेलाएरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । तर आयोजक अमेरिकाले ३१ औँ मिनेटमा मलिक टिलिमेनको गोलमार्फत खेललाई १-१ को बराबरीमा ल्याउँदै पुनरागमनको संकेत दिएको थियो ।

तर त्यो बराबरी लामो समय टिक्न सकेन । ३३ औँ मिनेटमा डी केटेलाएरले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः २-१ को अग्रता दिलाए र पहिलो हाफ बेल्जियमको पक्षमा सकियो ।

दोस्रो हाफमा पनि बेल्जियमले आफ्नो लय कायम राख्यो । ५७ औँ मिनेटमा हान्स भानाकेनले गोल गर्दै टोलीको अग्रता ३-१ पुर्‍याए । त्यसपछि इन्जुरी समयको अन्तिमतिर अनुभवी स्ट्राइकर रोमेलु लुकाकुले अर्को गोल थपेपछि बेल्जियमले ४-१ को शानदार जित दर्ता गर्यो ।

यस हारसँगै अमेरिका विश्वकपबाट बाहिरिएको छ । यसअघि सह-आयोजक क्यानडा र मेक्सिको पनि प्रतियोगिताबाट बाहिरिसकेका थिए । यससँगै फिफा विश्वकप २०२६ का तीनवटै आयोजक राष्ट्रको यात्रा नकआउट चरणमै समाप्त भएको छ ।

अब बेल्जियमले क्वाटरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्पेनले अन्तिम १६ मा पोर्चुगललाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो । युरोपका दुई बलिया टोलीबीच हुने यो भिडन्त विश्वकपको सबैभन्दा प्रतिक्षित क्वाटरफाइनल खेलमध्ये एक मानिएको छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ८ : १२ बजे

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास