२४ असार २०८३, बुधबार | July 8, 2026

सभामुख र एमाले सांसदबीच जुहारी, प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित



काठमाडौं । प्रतिनिधिसभा बैठकमा एमाले सांसद राजेन्द्र राईको अभिव्यक्तिलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच विवाद भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।

बैठकमा बोल्ने क्रममा सांसद राईले सभामुखलाई लक्षित गर्दै ‘तपाईं कान सुन्नुहुन्छ कि हुँदैन?’, भन्ने अभिव्यक्ति दिएपछि सभामुख अर्यालले त्यसप्रति आपत्ति जनाएका थिए। त्यसलगत्तै सभामुखले उनको माइक बन्द गर्दै बोल्न रोक लगाए।

सभामुखको उक्त निर्णयको विरोध गर्दै एमाले सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए, जसका कारण केही समय संसदमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो।

यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टिका संग्रौलाले नियमापत्तिको समय माग्दै प्रतिपक्षी सांसदबाट सभामुखमाथि गरिएको टिप्पणी संसदीय मर्यादाविपरीत रहेको बताइन्। उनले उक्त अभिव्यक्तिलाई संसदको अभिलेख (रेकर्ड) बाट हटाउन सभामुखसँग माग गरेकी थिइन्।

सदनमा बढ्दो विवाद र अवरोधका बीच सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गर्ने घोषणा गरेका हुन्।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ११ : ४० बजे

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी । पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको

सुनको मूल्य नौ सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

राजेन्द्र राईको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं । प्रतिनिधिसभामा सभामुख डोलप्रसाद (डीपी) अर्याललाई लक्षित गर्दै नेकपा

नेपालगन्जमा एलजीका नयाँ उत्पादनहरुको ‘लञ्च’

नेपालगन्ज । एलजीले नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई लक्षित गर्दै