२४ असार २०८३, बुधबार | July 8, 2026

राजेन्द्र राईको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन सभामुखको निर्देशन



काठमाडौं । प्रतिनिधिसभामा सभामुख डोलप्रसाद (डीपी) अर्याललाई लक्षित गर्दै नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले गरेको विवादास्पद अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइएको छ।

बुधबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्न उभिएका सांसद राईले आफ्नो भनाइ सुरु गर्दै सभामुखलाई लक्षित गरी “तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ?” भन्ने अभिव्यक्ति दिएका थिए। सभामुख अर्यालले उक्त टिप्पणीलाई असंसदीय ठहर गर्दै तत्काल उनको माइक बन्द गरी बोल्न रोकेका थिए।

सभामुखको निर्णयको विरोधमा एमाले सांसदहरू उठेर विरोध जनाएपछि केहीबेर सदनमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो। विवादकै क्रममा सांसद राईले सभामुखको ‘खुट्टी हेरेको छु’ भन्ने अभिव्यक्ति पनि दिएका थिए। बढ्दो विवादका कारण सभामुख अर्यालले प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।

बैठक पुनः सुरु भएपछि सभामुख अर्यालले सांसद राईलाई आफ्नो धारणा स्पष्ट पार्ने अवसर दिएका थिए। त्यसक्रममा राईले सभामुखले आफ्नो भनाइ पूरा नसुनी बीचमै रोकेका कारण आफू आवेशमा आएर त्यस्ता शब्द प्रयोग गर्न पुगेको बताएका थिए। उनले सभामुखको व्यवहारप्रति असन्तुष्टि जनाउँदै आफ्नो भनाइ राखेका थिए।

त्यसपछि सभामुख अर्यालले सांसद राईले अघिल्लो चरणमा प्रयोग गरेका सबै अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका थिए।

“माननीय सदस्य राजेन्द्रकुमार राईले यसअघि बोल्ने क्रममा प्रयोग गर्नुभएको सम्पूर्ण शब्द संसदीय अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन गर्दछु,” सभामुख अर्यालले बैठकमा घोषणा गरे।

सभामुखको निर्देशनसँगै विवाद साम्य भएको छ भने प्रतिनिधिसभाको बैठक पुनः नियमित कार्यसूचीअनुसार सञ्चालन भइरहेको छ। बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषयमा आफ्नो धारणा राखिरहेका छन्।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  १२ : ५९ बजे

१२ हजार घुस लिएको अवस्थामा वन अधिकृत घुससहित पक्राउ

काठमाडौं । सब डिभिजन वन कार्यालय बन्दीपुर कार्यालयका प्रमुख रामकेवल

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आश्वासन – ‘उद्योगीलाई धरपकड गर्ने सरकारको नीति छैन’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले निजी क्षेत्रलाई नियन्त्रण गर्ने

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी । पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको

सुनको मूल्य नौ सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।