१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । संसद सचिवालयका अनुसार सिंहदरबारस्थित संघीय संसद भवनमा बस्ने बैठकमा विभिन्न प्रतिवेदन तथा विधेयकमाथि छलफलको कार्यसूची तय गरिएको छ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/८२ पेस गर्नेछिन् । साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१/८२ पनि सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, प्रधानमन्त्री शाहका तर्फबाट मन्त्री गौतमले राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव सभामा पेश गर्नेछिन् ।

बैठकमा उक्त विधेयक प्रस्तुत गर्नुका साथै ‘नेपाल विशेष ऐन, २०४२’ को साविक व्यवस्था पुनः कायम गर्ने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा सरकारका तर्फबाट महत्वपूर्ण विधेयक र प्रतिवेदन प्रस्तुत हुने भएकाले संसदको कार्यसूचीलाई चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  ८ : ०९ बजे

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी