९ भदौ २०८३, मंगलबार | August 25, 2026

गणेश नेपालीलाई न्याय माग्दै वीर अस्पतालअगाडि प्रदर्शन, सरकारविरुद्ध नाराबाजी



काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश नेपालीको न्यायको माग गर्दै उनका आफन्त, साथीभाइ तथा समर्थकले शनिबार काठमाडौंस्थित वीर अस्पतालअगाडि प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले सरकार र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विरुद्ध नाराबाजी गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्यायको सुनिश्चितता गर्न माग गरेका छन्। उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेको नाम उल्लेख गर्दै पनि नाराबाजी गरेका थिए।

प्रदर्शनका क्रममा सहभागीहरू सडकतर्फ अघि बढ्न खोजेपछि केही समय नेपाल प्रहरीसँग धकेलाधकेल भएको छ । त्यसक्षेत्रमा प्रहरीले सुरक्षा व्यवस्था थप कडा बनाएको थियो।

गणेश नेपालीको शव हालसम्म आफन्तले बुझेका छैनन्। उनको शव प्रहरीले रातारात पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगेको थियो ।

 

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  ३ : २९ बजे

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त

बागमतीका मुख्यमन्त्री थापामगरले पाए विश्वासको मत

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन