२१ भदौ २०८३, आइतबार | September 6, 2026

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

नयाँ च्याम्पियन नबन्ने निश्चित



काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ।

आइतबार बिहान सम्पन्न अन्तिम दुई क्वाटरफाइनल खेलसँगै अन्तिम चारमा पुग्ने टोलीहरूको टुंगो लागेको हो।

इंग्ल्यान्ड र साविक विजेता अर्जेन्टिनाले आ–आफ्नो क्वाटरफाइनल खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन्। अब दोस्रो सेमिफाइनलमा यी दुई पूर्वविश्व विजेता आमनेसामने हुनेछन्।

इंग्ल्यान्डले नर्वेविरुद्ध एक गोलले पछि परेको अवस्था उल्टाउँदै अतिरिक्त समयमा २–१ को रोमाञ्चक जित निकाल्यो। निर्धारित समयमा बराबरीमा सकिएको खेलमा अतिरिक्त समयमा गोल गर्दै इंग्ल्यान्डले अन्तिम चारको यात्रा तय गरेको हो।

यता अर्जेन्टिनाले पनि अतिरिक्त समयमै स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै लगातार उपाधि रक्षा अभियानलाई जीवित राखेको छ। निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि अर्जेन्टिनाले अतिरिक्त समयमा दुई गोल थप्दै प्रभावशाली जित दर्ता गर्यो।

यसअघि नै फ्रान्स र स्पेनले सेमिफाइनलमा स्थान बनाइसकेका थिए। फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै लगातार तेस्रो विश्वकपको सेमिफाइनल यात्रा तय गरेको हो भने स्पेनले बेल्जियमलाई २–१ ले हराउँदै सन् २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ।

यसपटकको सेमिफाइनलमा पुगेका चारै टोली पूर्वविश्व विजेता हुन्। अर्जेन्टिना तीन पटकको विश्व च्याम्पियन हो भने फ्रान्सले दुई पटक उपाधि जितेको छ। इंग्ल्यान्ड र स्पेनले समान एक–एक पटक विश्वकपको ट्रफी उचालेका छन्।

नर्वे र स्विट्जरल्यान्ड क्वाटरफाइनलबाट बाहिरिएसँगै यस संस्करणमा नयाँ विश्व विजेता बन्ने सम्भावना समाप्त भएको छ।

पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेनबीच असार ३१ गते अमेरिकाको डालासस्थित रंगशालामा प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समयअनुसार मध्यरात १२ः४५ बजे सुरु हुनेछ।

दोस्रो सेमिफाइनलमा अर्जेन्टिना र इंग्ल्यान्डबीच असार ३२ गते ९जुलाई १६० अमेरिकाको एटलान्टास्थित रंगशालामा खेल हुनेछ। यो खेल पनि नेपाली समयअनुसार मध्यरात १२ः४५ बजे सुरु हुनेछ।

दुवै सेमिफाइनलका विजेताबीच साउन ४ गते अमेरिकाको न्युयोर्क–न्युजर्सीस्थित रंगशालामा विश्वकप २०२६ को उपाधिका लागि फाइनल खेल हुनेछ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  १० : २२ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका