३० असार २०८३, मंगलबार | July 14, 2026

संसद्‍बाट केहीबेरमै निस्किएका प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक



काठमाडौं । गत जेठ १७ गतेयता पहिलो पटक संसद्मा उपस्थित भएका प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार अपराह्न ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री शाह मंगलबार प्रतिनिधिसभा बैठकमा उपस्थित भए पनि लामो समय बसेनन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेपछि उनी करिब २० मिनेटमै संसद् भवनबाट बाहिरिएका थिए ।

संसद्बाट बाहिरिएलगत्तै उनले अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । यद्यपि बैठकमा छलफल हुने एजेन्डाबारे भने हालसम्म औपचारिक जानकारी सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्रीको संसदीय उपस्थितिपछि बोलाइएको मन्त्रिपरिषद् बैठकलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । बैठकले समसामयिक राजनीतिक, प्रशासनिक तथा नीतिगत विषयमा निर्णय गर्न सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ३ : ५८ बजे

प्राज्ञिक सुधार र सुशासनमा केन्द्रित हुन प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं । विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयलाई दलीय राजनीतिक गतिविधिमुक्त

मिडियामा गाडी पार्किङ घटनामा जोसुकै भएपनि छानबिन र कारबाही हुनुपर्छ : रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको

प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको

विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुखद्वारा सरकारलाई रुलिङ

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी

संसद्‍बाट केहीबेरमै निस्किएका प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । गत जेठ १७ गतेयता पहिलो पटक संसद्मा उपस्थित