५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद, २० हजार रुपैयाँ जरिवाना



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना हुने भएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सजाय निर्धारण गर्दै खाणलाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना तोकेको हो । यसअघि असार २४ गते सोही इजलासले खाणलाई दोषी ठहर गरेको थियो ।

अदालतले खाणलाई विभिन्न कसुरमा छुट्टाछुट्टै सजाय निर्धारण गरेको छ । ठगी कसुरमा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा एक वर्ष छ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना तथा राज्यविरुद्धको कसुरमा छ महिना कैद र पाँच हजार रुपैयाँ जरिबाना तोकिएको छ । साथै थप तीन महिना कैदसमेत निर्धारण गरिएको छ ।

यद्यपि, प्रचलित कानुनी व्यवस्थाअनुसार सजाय एकीकृत रूपमा गणना हुँदा खाणले दुई वर्ष कैद सजाय भोग्नुपर्ने र २० हजार रुपैयाँ जरिबाना तिर्नुपर्ने अदालतले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले असार २४ गते १६ जनालाई दोषी ठहर गरेको थियो भने सात जनाले सफाइ पाएका थिए ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ८ : १३ बजे

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय