५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत



सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार जना मन्त्रीको राजीनामा स्वीकृत भएको छ।

मुख्यमन्त्री यामलाल कँडेलले बुधबार सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी तथा जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले बुझाएको राजीनामा स्वीकृत गरेका हुन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार राजीनामा स्वीकृत भएसँगै मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। कांग्रेसको भागमा रहेका चारवटै मन्त्रालयको जिम्मेवारी हालका लागि मुख्यमन्त्री कँडेलले आफैंले सम्हाल्ने निर्णय गरेका छन्।

कांग्रेसका मन्त्रीहरूको बहिर्गमनसँगै कर्णाली प्रदेश सरकारको नयाँ राजनीतिक समीकरण र मन्त्रिपरिषद्को आगामी स्वरूपबारे चासो बढेको छ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ४ : १० बजे

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे