९ कार्तिक २०८३, सोमबार | October 27, 2026

इन्जुरी समयमा अर्जेन्टिनाको शानदार पुनरागमन, इंग्ल्यान्डलाई हराउँदै फाइनलमा



काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ ।

रोमाञ्चक सेमिफाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५५ औँ मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको अन्तिम चरणमा अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । खेलको ८५ औँ मिनेटमा इन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई १-१ को बराबरीमा ल्याए ।

त्यसपछि इन्जुरी समयको निर्णायक क्षणमा लौतारो मार्टिनेजले विजयी गोल गर्दै अर्जेन्टिनालाई २-१ को रोमाञ्चक जित दिलाए ।

यस हारसँगै इंग्ल्यान्डको ६० वर्षपछि विश्वकप फाइनल पुग्ने सपना अधुरै बनेको छ । सन् १९६६ मा एकमात्र विश्वकप उपाधि जितेको इंग्ल्यान्ड फेरि एकपटक सेमिफाइनलमै रोकिएको हो ।

जितसँगै अर्जेन्टिनाले लगातार दोस्रो विश्वकप उपाधि जित्ने अभियानलाई जीवित राखेको छ । अब अर्जेन्टिनाले उपाधिका लागि फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्पेनले पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार  ३ : ०० बजे

माथिल्लो सिद्धबाबामा बसको ठक्करबाट गुल्मीकी माँया कुँवरको मृत्यु, एकजना घाइते

बुटवल । पाल्पाको माथिल्लो सिद्दबाबा स्थित सिद्दार्थ राजमार्गमा भएको सवारी

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौँ । दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

अर्थमन्त्री वाग्लेमाथि खनिए अभिनेता राजेश हमाल, भारतको चाकडी गरेको आरोप

काठमाडौं, ९ कात्तिक । अभिनेता राजेश हमाल हत्तपत्त कुनै पनि

नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

नेपालगन्ज । नेपालगन्जमा तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप प्रतियोगिता हुने

एनपीएलमा साविक विजेता लुम्बिनीको सानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा साविक विजेता